‘ब्रेन डेथ:सधैँको लागि मस्तिष्क ले क्रिया प्रतिक्रिया गर्न छोडनु नै मृत्यु हो’


काठमाडौं – मृत्यु के हो ? मुटु, फोक्सो, लगायतका शारीरिक प्रणाली चली राख्नु नै जीवन रहेको सामान्य बुझाइ आम व्यक्ति मा छ । यही बुझाइले गर्दा सयौं व्यक्ति लाई जीवन दिन सक्ने अंगहरू माटोमा मिल्छन् , खरानी बनी रहेका छन् । अझ मृत्यु प्राप्त गरि सकेका व्यक्तिले अंग दान जस्तो सबै भन्दा ठूलो पुण्य प्राप्त गर्न सक्ने मौका वाट वञ्चित भइ रहेका छन् ।

कृत्रिम स्वास प्रस्वास यन्त्र अर्थात् भेन्टिलेटर आविष्कार हुनु भन्दा अघि सम्म चिकित्सकीय रुपमा मुटु को धड्कन बन्द हुनु लाई मृत्यु मानिन्थ्यो । तर भेन्टिलेटर मा भएका थुप्रै बिरामी जसलाई कोमा मा रहेको मानिएको थियो, उनीहरू को शरीरको अवयव हरू ठीक भए पनि चेतना कहिले पनि फर्किएन । भेन्टिलेटर वाट निकाल्दा यस्ता बिरामीको सास समेत बन्द भयो । त्यति खेर नै मस्तिष्क मृत्यु अर्थात् ब्रेन डेथ को नयाँ परिभाषा आयो । यो सन १९५० को दशको अन्तिम समय तिर को कुरा हो ।

अझ सन १९६८ मा हावर्ड विश्व विद्यालयका चिकित्सकहरूको अनुसन्धान पछि त मस्तिष्क मृत्युको यो परिभाषालाई कानुनी रूपमा समेत स्वीकार गरियो । नेपाल मा समेत पछिल्लो समय मस्तिष्क मृत्युले कानुनी मान्यता पाएको छ ।

विज्ञहरूको अनुसार कुनै व्यक्ति को मस्तिष्क मृत्यु भएको घोषणा गर्नु को अर्थ ती व्यक्ति को दिमाग ले सबै प्रकार को काम गर्न बन्द गरि दिएको छ । अर्थात् शरीर लाई संकेत पठाउनु देखि लिएर सम्झिने , बोल्ने क्षमता सम्म हरेक शारीरिक र मानसिक क्रियामा मस्तिष्क द्वारा विराम लागेको छ ।

डा. वसन्त पन्त

मस्तिष्क मृत्यु स्थायी स्थिति हो यसलाई निको पार्न सकिँदैन ‘मस्तिष्क मृत्यु मा पुनः फर्केर नआउने गरी (अपरिवर्तनीय) मस्तिष्क को सबै चेतनाको भाग मृत हुन्छ’, वरिष्ठ स्नायु शल्य चिकित्सक डा. वसन्त पन्त मस्तिष्क मृत्यु को नयाँ परिभाषा बारे प्रस्ट्याउँदै भन्छन्–‘ यस्ता बिरामी लाई भेन्टिलेटर वाट हटाउँदा रोगीले कुनै प्रतिक्रिया दिँदैन , केही क्षण मै बिरामीले सास फेर्ने बन्द गर्छ ।’

अझ डा.पन्तको भनाइ लाई सामान्य रूपमा भन्ने हो भने मस्तिष्क मृत्यु त्यो स्थिति हो जसमा दिमागले प्रतिक्रिया दिनु को साथै दैनिक प्रकृया गर्न बन्द गर्छ । अर्थात् मस्तिष्कले क्रिया र प्रतिक्रिया गर्न बन्द गर्छ । यसले गर्दा मानव शरीरले मस्तिष्क को त्यो खण्ड वाट सञ्चालित गतिविधिहरू गर्न समेत बन्द गर्छ । यस अन्तर्गत स्वास फेर्नु, आँखाको पुतलीको माध्यमले प्रतिक्रिया दिनु, दुखाइ अनुभूति नहुन, शरीरको हलचल गतिविधि आदि मुख्य रूपमा संलग्न छ ।

मस्तिष्क मृत्यु भएका को मुटु चले पनि व्यक्तिमा कुनै चेतना हुँदैन । उ कुनै पनि प्रकार को प्रतिक्रिया दिँदैन । मस्तिष्कमा भएको ब्रेन स्टेम अत्यन्त संवेदनशील क्षेत्र हो सबै नशाहरू यही जोडिएको हुन्छ । यो क्षतिग्रस्त भएको अवस्थामा मृत्युको सम्भावना बढ्छ ।

मस्तिष्क मृत्युको अवस्था लाई ‘ब्रेन स्टेम डेथ’ समेत भनिने गरिएको जनाउँदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल , स्नायु शल्य क्रिया विभाग का प्रमुख डा.राजिव झा भन्छन–‘ मस्तिष्क मृत्यु को अवस्था ‘ब्रेन स्टेम डेथ’ हो अर्थात दिमाग मर्यो, पुनः फर्केर आउँदैन ।

सामान्य भाषामा भन्ने हो भने मनुष्यको मस्तिष्कमा ब्रेन स्टेम दिमागको मध्य भाग को खण्ड हो । यो भागले मनुष्यको क्रियाहरू अर्थात् आँखा झिम्काउने , बोल्ने , हिँड्ने , अभिव्यक्ति दिनु वा कुनै पनि प्रकार को प्रतिक्रिया दिनु ब्रेन स्टेम ठीक रहँदा मात्र सम्भव हुन्छ । स्पाइनल कर्ड ले जोडिएको मस्तिष्कको तल्लो भाग लाई ब्रेन स्टेम भनिन्छ । यसले मुटु को धडकन, सास फेर्नु , खाना पचाउनु , रक्त चाप तथा समवेदना (चेतना ) आदि सबै क्रिया लाई चलाउने उत्तर दायित्व हुन्छ । यो ब्रेन स्टेम मृत्यु को अवस्थामा बिरामीको आखाको नानी र शरीरको हलचल बन्द हुन्छ ।

तर यो अवस्थामा मा समेत मिर्गौला, कलेजो, मुटु आदि अंगहरू काम गरि रहने र बिरामी लाई सास फेर्न भेन्टिलेटरको सहयोग चाहिने औँल्याउँदै डा.झा भन्छन–‘ब्रेन डेथ को अवस्था वाट आज सम्म विश्वमा कोई पनि फर्केर आएको छैन ।’ मस्तिष्क मृत्यु भएको बिरामी केही घन्टा वा दिन सम्म मात्र जीवित रहने गरेका छन । उनीहरूको महिनौँ सम्म जीवित रही रहने सम्भावना हुदैन । अझ घर मा भने मस्तिष्क मृत्यु हुने नै गरेको छैन, यस्तो मृत्यु कृत्रिम स्वास प्रस्वास यन्त्र भेन्टिलेटर मै रहेकाहरूमा हुने गरेको समेत डा.झा बताउँछन् ।

तथ्याङ्क अनुसार त्रिवि शिक्षण अस्पताल मा महिना मा सरदर आइसीयु मा आउने १ सय ५० बिरामी मध्ये २० देखी २५ जना सम्म को मस्तिष्क मृत्यु हुने गरेको छ । ‘मस्तिष्क मृत्यु भएका बिरामीहरूको मुटु चलिरहेको हुन्छ, फोक्सो भेन्टिलेटर ले चलाइ रहेको हुन्छ, ब्रेन स्टेम को फंग्सन हुँदैन अर्थात् यो मरी सकेको हुन्छ’, त्रिवि शिक्षण अस्पताल, आइसीयु विभाग प्रमुख प्रा.डा.सुवास आचार्यको अनुसार परम्परा अनुसार मुटु र फोक्सो चल्न बन्द हुनु मृत्यु मानिने गरिएकोले मस्तिष्क मृत्यु लाई पचाउन अधिकांश लाई गार्हो हुने गरेको छ ।

भेन्टिलेटरले फोक्सो लाई चलाए जस्तै हाल एक्मो मेसिनले मुटु र फोक्सो दुवै लाई चलाउन सक्छ । मस्तिष्क मृत्यु भएका हरू को मनिटरमा इसिजी देखि राखिएको हुन्छ, ब्लड प्रेसर लगायतका अन्य अवस्था देखिने स्थिति मा आफन्त, कुरुवा ले मृत्यु भइ सकेको कुरा स्विकार्न नै सकिरहेका हुँदैनन् ।

हाल सय जना मध्ये १०–१५ जना ले मात्र मस्तिष्क मृत्यु पनि मृत्यु नै हो भन्ने स्विकार्ने गरेको औँल्याउँदै डा.आचार्य भन्छन–‘ अझ अंग दान कै हिसाबले हेर्दा त्रिवि शिक्षण अस्पतालमा महिनामा न्यूनतम ४–५ जनाको ब्रेन डेथ भइ रहेको छ ।’ सामान्यतया मस्तिष्कमा गम्भीर चोट , गम्भीर स्ट्रोक लगायत केही शारीरिक स्थिति जसमा मस्तिष्क गम्भीर रूप ले प्रभावित हुन्छ, मस्तिष्क मृत्युको कारण बन्न सक्छ ।

विज्ञहरूको अनुसार यस्ता मस्तिष्क मृत्युले शिक्षण अस्पतालको आइसीयु मा हरेक महिना ज्यान गुमाउने गरेका हरू मध्ये सरदर ५ जना वाट समेत मुलुकमा उपयोग गर्न सकिने गरी १० जना लाई मृगौला, १० जना भन्दा बढी लाई कलेजो लगायतका अन्य विभिन्न अंग दान दिएर ज्यान जोगाउन सकिन्छ ।

शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र , भक्तपुर का निर्देशक एवं कलेजो तथा मृगौला प्रत्यारोपण शल्यचिकित्सक डा.पुकार चन्द्र श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु पछि अंगदान गर्ने प्रकृयाले गति लिए मुलुकमा मृगौला लगायतका अंगदानको लागि जीवित दातामा निर्भर रहनु पर्ने अवस्थाको अन्त हुन सक्छ ।

कानुन अनुसार के हो मस्तिष्क मृत्यु ?

मस्तिष्क मृत्यु लाइ कानुनमा मस्तिष्क स्टेम (ब्रेन स्टेम) को मृत्यु भनेर परिभाषित गरिएको छ । यसरी मस्तिष्क मृत्यु शब्द ले मस्तिष्क को ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलाप मा अपरिवर्तनीय क्षति भएको अवस्था दर्शाउँछ । मस्तिष्क मृत्यु भएको बिरामी को प्राकृतिक रूप मा स्वास प्रश्वास नरहेको हुन पर्छ ।

किन हुन्छ मस्तिष्क मृत्यु ?

  • मस्तिष्क मृत्यु थुप्रै परिस्थिति मा हुन सक्छ
  • मस्तिष्क मा गम्भीर चोट लागेमा
  • मस्तिष्क को धमनी मा विस्फोट, झटका, चोट सेरेब्रोवास्कुलर इन्जुरी (स्ट्र्रोक वा एन्यूरिज्म)
  • उच्च रक्तचापले मस्तिष्कमा हुने रक्त स्रावको अवस्था ले पनि मस्तिष्क मृत्यु हुन सक्छ
  • मस्तिष्क मा रगत को प्रवाह वा अक्सिजन को कमी , एनोक्सिया ( पानीमा डुब्दा , हृदय घात ले पनि हुन सक्ने )
  • मस्तिष्क को ट्युमर

ब्रेन डेड को लक्षण

  • आँखाको पुतली ले प्रकाश मा प्रतिक्रिया नदिनू
  • दुखाए हुँदा समेत कुनै प्रतिक्रिया नदेखिनु
  • कानमा चिसो पानी, तातो हाल्दा समेत आँखा न हल्लिनु (क्यालोरी टेष्ट)
  • आँखाको सतह छुँदा समेत आँखा न झम्कनु (कर्नियल रिफ्लेक्स) इलेक्ट्र्रोएन्सेफलोग्राम परीक्षण मा मस्तिष्कमा कुनै गतिविधि न देखिनु
  • घाटी लाई उत्तेजित पार्दा कुनै प्रतिक्रिया नदिनू
  • एन्जियोग्राम गर्दा मस्तिष्कमा रगत गइ रहेको नदेखिनु
  • बिरामी को आफ्नो सास नहुनु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस