‘प्रत्यारोपण केन्द्रमा १५ लाख मा कलेजो प्रत्यारोपण’


भक्तपुर– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं व्यक्तिमा कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । केन्द्रले कलेजो प्रत्यारोपण को लागि मुलुक मै सबै भन्दा कम १५ लाख रुपियाँ सेवा शुल्क लिने गरेको हो ।

उक्त प्रत्यारोपण अन्तर्गत दाङ्ग जिल्लाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकी श्रीमती ३७ वर्षीय आशा सुनारले कलेजो दान गरेकी थिइन । अस्पतालको अनुसार कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था सामान्य रहेका छ ।

मुलुक मै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्र मा हाल सम्म ८ जनामा जीवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ ।

प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक एवं केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पताल बाट आएका टोलीले समेत प्रत्यारोपण मा सहयोग गरेको थियो ।

प्रत्यारोपण केन्द्रमा ९९ प्रतिशत भन्दा वढी सफलताका साथ मृगौला प्रत्यारोपण भई रहेको जनाउदै डा.श्रेष्ठले १० वर्षमा केन्द्र वाट नेपाल मा सबै भन्दा बढी १ हजार ६६ जनाको मृगौला प्रत्यारोपण समेत भइ सकेको बताए । उनको अनुसार प्रत्यारोपण केन्द्रमा मुलुकमा सवै भन्दा सस्तो १५ लाख रुपियाँ सेवा शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको छ ।

को–को थिए कलेजो प्रत्यारोपण टिम मा
कलेजो र मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक एवं केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ को नेतृत्वमा भएको कलेजो प्रत्यारोपण टोली मा प्रत्यारोपण शल्य चिकित्सक डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ र डा. शिवसुन्दर राजचल संलग्न थिए ।

त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशी, डा जी एलिनले गरेका थिए भने पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्की एलिसा श्रेष्ठ, निरु सुवाल, सविया नागा, केलिना के.सी, अनिता घजु लगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएका थिए ।

त्यसैगरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेर हरु डा स्वस्तिक प्रधानाङ्ग, तारा साध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गरेका थिए । फिजियोथेरापिस्ट तथा फोकल पर्सन गौरव पन्थ, ओटी टेक्निसियन रामचन्द्र पौडेल, डाइटिसियन वर्षा भट्टराई, प्याथोलोजी विभागका सपना घिमिरे लगायतको टिम, रेडियोलोजी विभागका इन्दु घिमिरे लगायतको टिम, फार्मेसीबाट अनिष श्रेष्ठको टिम प्रशासनकी कर्मचारीहरू नगद काउन्टर तथा रिसेप्सनका टिम र केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले उक्त प्रत्यारोपण सफल बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!