शरीरको कुन गन्धले लामखुट्टे लाई सबैभन्दा बढी आकर्षित गर्छ ?


वैज्ञानिकहरूले लामखुट्टेको व्यवहारको अध्ययन गरेका छन् । यस क्रममा उनीहरूले लामखुट्टेलाई मानव शरीरको कुन गन्धले बढी आकर्षित गर्छ भन्ने पत्ता लगाएका छन् । उनीहरूले यो अध्ययनले औलो को विस्तार रोक्नको लागि ठूलो योगदान पुग्ने बताएका छन् । औलो का कारण विश्वभरि हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुने गरेको छ ।

अमेरिकी वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि कुन शरीरको गन्धले लामखुट्टेलाई बढी आकर्षित गर्छ । चीज, दूध, क्रिम र दहीमा पाइने निश्चित एसिडका कारण लामखुट्टे मानव शरीरको गन्धमा आकर्षित हुने उनीहरूको भनाइ छ ।

जोन हप्किन्स मलेरिया रिसर्च इन्स्टिच्युट र स्कुल अफ मेडिसिनका अन्वेषकहरूले जाम्बियाको माचा रिसर्च ट्रस्टसँग मिलेर करेन्ट बायोलोजी नामक विज्ञान जर्नलमा एउटा शोधपत्र प्रकाशित गरेका छन्। यसमा बताइएको छ कि कुन मानव गन्धले लामखुट्टेलाई सबैभन्दा बढी आकर्षित गर्छ।

अनुसन्धानका क्रममा अन्वेषकहरूले एउटा पिँजरा प्रयोग गरी त्यसमा अफ्रिकी औलो को लामखुट्टे भरि दिए, यद्यपि यी लामखुट्टेहरू औलो बाट संक्रमित थिएनन्। अध्ययनको क्रममा ६ जना सहभागी छनोट गरिएको थियो । सहभागीहरूको गन्धले लामखुट्टे लाई आकर्षित गरियो अध्ययनका सहभागीहरू टेन्ट मा सुतेका थिए , जहाँ बाट लामो ट्युबहरू को सहयोग ले सहभागीहरूको सास र शरीरको गन्धलाई लामखुट्टेको खोरमा पम्प गर्थे ।

अध्ययनको निष्कर्षका अनुसार, लामखुट्टे लाई लिम्बबर्गर जस्तो दुर्गन्धयुक्त वस्तु मा भएको एक यौगिक ब्यूटिरिक एसिड सहित एयर बोर्न कार्बोक्जिलिक एसिड वाट सवै भन्दा बढी आकर्षित गरिएको थियो । कार्बोक्सिलिक एसिडले जहाँ लामखुट्टेलाई आकर्षित गर्छ त्यही कीराहरूलाई युकेलिप्टोल भनिने अर्को रसायनले डर लाग्छ जुन बिरुवाहरूमा पाइन सकिन्छ ।

वैज्ञानिकले भने–यसले औलो माथि जित हासिल हुनेछ यस अध्ययनका सहलेखक डा. एडगर सिमुलुन्डुले विभिन्न व्यक्तिको शरीरको गन्धमा पाइने रसायन र ती गन्ध प्रति लामखुट्टेको आकर्षण बीचको सम्बन्ध पत्ता लगाउनु निकै रोचक र रोमाञ्चक भएको बताए । यो खोज लाम्खुट्टेको व्यवहार बारे जान्न र तिनिहरूलाई रोक्न प्रयोग गर्न सकिन्छ । यसले औलो को फैलाउ लाई पनि रोक्न सकिन्छ , जुन ठाउँ मा यसले महामारीको रूप लिन्छ ।

हावर्ड हृयुजेस मेडिकल इन्स्टिच्युटको न्युरो बायोलोजिस्ट र प्रमुख वैज्ञानिक अधिकारी डा.लेस्ली वोसेल ले यो अध्ययन बारेमा आफ्नो उत्साह व्यक्त गरे। उनले यो निकै रोमाञ्चक अध्ययन भएको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!