‘डिम्ब र वीर्य दानको केन्द्रीकृत तथ्यांक प्रणाली आवश्यक : सांसद सोबिता गौतम’


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालमा पुरुषको वीर्य र महिलाको डिम्ब दानका लागि केन्द्रीकृत तथ्यांक राख्ने प्रणालीको हुनु पर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै सांसद गौतमले उक्त माग राखेकी हुन् ।

सांसद गौतमले नेपालमा वीर्य र डिम्ब दानको अभ्यास बढिरहेको बताउँदै यसका लागि सरकारले आधिकारिक तथ्यांक राख्ने प्रणाली राख्नुपर्ने बताइन् । ‘बाझोपनको सवालमा अहिले कृत्रिम प्रणाली अपनाएर बच्चा जन्माउने प्रचलन बढिरहेको छ । यसको लागि एउटा केन्द्री कृत तथ्यांक हुनुपर्छ,’ सांसद गौतमले भनिन्, ‘स्पर्म डोनेसन र एग डोनेसनका कुराहरू निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा एउटा केन्द्री कृत तथ्यांक प्रणाली हुनुपर्छ ।’

के हो बाझो पन ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार बाझो पन पुरुष वा महिला प्रजनन प्रणालीको एक रोग हो जसलाई नियमित असुरक्षित यौन सम्पर्क को १२ महिना वा सो भन्दा बढी समय पछि गर्भ धारण हुन नसक्दा परिभाषित गरिन्छ ।

डिम्ब दान के हो ?

यो विधिमा एक महिलाले अन्य महिलाको बच्चा लाई जन्म दिन सघाउने उद्देश्यले आफ्नो डिम्ब दान गर्छ । यो असिस्टेड रिप्रोडक्सन ( सहायक प्रजनन ) को एउटा भाग हो । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च को अनुसार डिम्ब दान एउटा गुमनाम प्रकृया हुनु पर्छ र डिम्ब को उपयोग गर्नु भन्दा अघि दाता लाई स्वास्थ्य खतरा नहोस् भनेर राम्ररी परीक्षण हुनु पर्छ ।

वीर्य दान के हो ?

यो दान अन्तर्गत एउटा पुरुषले आफ्नो वीर्य लाई यो उद्देश्यले दान गर्छन् की यसको उपयोग गर्भावस्था लाई प्राप्त गर्न र एक महिलालाई सन्तान प्राप्त गर्न लाई गर्न सकिन्छ, जो दाताको यौन साथी होइन र जसको सँग पुरुष शारीरिक रूपले सम्बन्धित छैनन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!