राम्रो निन्द्रा को लागि कुन दिशा मा सुत्नु राम्रो ? निन्द्रा को गुण स्तर बढाउने उपाय


राम्रो स्वास्थ्य को लागि आहार र व्यायाम सँगै राम्ररी सुत्नु समेत महत्वपूर्ण हुन्छ । आफ्नो दैनिक रुटिन मा जति तपाइ ध्यान खानपान र व्यायाम मा दिनु हुन्छ त्यति नै राम्रो र पर्याप्त निन्द्रामा समेत दिनु पर्छ । निन्द्रा पुरा न हुँदा थुप्रै समस्या देखिन्छन् ।

प्राचीन शास्त्र हरूमा समेत सुत्ने समय कुन दिशामा टाउको राख्दा राम्ररी निन्द्रा आउने र बारम्बार निन्द्रा टुटने समस्या वाट जोगिन सक्ने बताइएको छ । राम्रो निन्द्रा को लागि सही दिशामा टाउको राख्नु को साथै सुत्नु भन्दा अघि गह्रो खानपान वाट जोगिनु जस्तो उपाय प्रभावकारी हुन्छ ।

दक्षिण दिशामा राखौं टाउको

राम्रो निन्द्रा को लागि टाउको दक्षिण दिशामा राख्नु पर्छ । यदि टाउको दक्षिण मा राखिएको छ भने खुट्टा उत्तरमा हुनेछ । यसको वैज्ञानिक आधार भनेको पृथ्वीको चुम्बकीय शक्ति दक्षिण वाट उत्तर तर्फ बग्छ । दक्षिण दिशामा टाउको राख्दा हाम्रो शिर वाट ऊर्जा प्रवेश गर्छ र खुट्टा वाट बाहिर निस्किन्छ । यो अवस्था प्रकृति अनुकूल हुने भएकोले निन्द्रा राम्ररी आउँछ र बिहान मन मस्तिष्क ताजा रहन्छ ।

नियमित समय कायम गर्नुस्

राम्रो र गुण स्तरीय निन्द्राको लागि सुत्ने र उठ्ने समय निश्चित गर्न आवश्यक छ । यसबाट शरीरलाई समय मै सुत्ने र उठ्ने निर्देशन मिल्न थाल्छ । उठ्ने समय पालन गर्नु आवश्यक छ , लामो समय सम्म सुत्दा हल्का निन्द्रा लाग्ने खतरा हुन्छ, जसले गर्दा पुर्न ताजगी अनुभव हुँदैन ।

आराम दायक ठाउँ सिर्जना गर्नुहोस्

सुत्न को लागि कोठा आराम दायी , सफा , शान्त , अँध्यारो राख्न आवश्यक छ । यसका साथ साथै कोठाको तापक्रम , हावा प्रवाहको अवस्था , ओछ्यान पनि आराम दायी र सफा हुनु पर्ने कुरामा ध्यान दिनु पर्छ । अव्यवस्थित कोठामा निन्द्रामा गडबडी आउन सक्छ ।

ग्याजेटहरू वाट दूरी राख्नुस्

ओछयाउन मा मोबाइल , ल्यापटप जस्ता ग्याजेट हरू नलिनु होस । तिनिहरू वाट निस्किने प्रकाश ले निन्द्रा को बानी बिगार्न सक्छ , कुनै काम छ भने त्यो सकेर मात्र सुत्नुहोस् । ओछयाउन मा मोबाइल बा ल्यापटप मा समय बिताए पछि धेरै जसो निन्द्रा नपर्ने गुनासो को सामना गर्नु पर्ने हुन्छ ।

राती गह्रो खान नखानुहोस्

सुत्नु अघि धेरै भारी खाना न खानुहोस् । सुत्नु भन्दा दुई घण्टा अघि राती को खाना खाने प्रयास गर्नुहोस् । सुत्नु अघि हिँड्नु समेत राम्रो निन्द्रा को लागि फाइदा कारी हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!