सानो बच्चा लाई हुने आँखाको क्यान्सर, रेटिनोब्लास्टोमा


बच्चाको आँखा मा हुने क्यान्सर लाई रेटिनोब्लास्टोमा भनिन्छ । यो आँखाको रेटिना मा हुन्छ । रेटिना आँखा को पछाडि को स्नायु तन्तुको पातलो तह हो यसले एक वा दुवै आँखामा असर गर्न सक्छ ।

यो रोगको बारे मा सावधानी आवश्यक छ । किनभने यो बच्चाको जन्मको केही समय पछि नै विकसित हुन थाल्छ । शुरुमा यो ट्युमर आँखा सम्म मात्र रहन्छ । तर यदि सही तरिकाले उपचार गरिएन भने ट्युमर आँखा वाट बाहिर फैलन सक्छ र शरीरको धेरै भागलाई आफ्नो चपेटामा लिन सक्छ । यसमा मस्तिष्क र हाड पनि प्रभावित हुन सक्छ ।

कसरी हुन्छ यसको उपचार ?

प्रारम्भिक चरणमा यो क्यान्सर लेजर र केमोथेरापी वाट उपचार गरिन्छ र धेरै जसो बिरामीको आँखा को ज्योति जोगिन्छ । तिनि हरूको जीवनलाई कुनै खतरा हुन्न । तर उपचार मा ढिलाइ भयो भने अवस्था गम्भीर हुन सक्छ । सधैँको लागि देख्न छोडन सक्छ वा आँखा निकाल्नु पर्ने हुन सक्छ । त्यसैले बच्चा को आँखा प्रति निकै होसियार हुनु जरुरी छ ।

बाल बालिकाको आँखा का यी लक्षणहरू लाई ध्यानमा राख्नुस्

  • आँखा मा सेतो चमक रङ्ग चिन्न सक्षम नहुनु
  • आँखा फरफराउनु
  • आँखा को सेतो भाग मा रातो पना
  • आँखा देख्नमा कमजोरी
  • आँखा मा दुख्ने वा सुन्निने समस्या

यो रोगको निदान कसरी हुन्छ ?

यदि माथि उल्लेख गरिएका लक्षणहरू बाल बालिकामा लगातार देखि राखिएको छ भने तपाई लाई नेत्र चिकित्सक सँग जँचाउनु पर्छ , जसले एमआरआइ स्क्यान र अल्ट्रासाउन्ड परीक्षण गरे पछि रोग पत्ता लगाउन सक्छ । हुन सक्छ की शल्यक्रियाको आवश्यकता न परोस्, किनभने किमोथेरापी वाट नै उसको उपचार सम्भव छ । तर यो तब मात्र सम्भव छ जब हामी रेटिनोब्लास्टोमा को बारेमा सतर्क हुन्छौ । यसको लक्षण लाई आँखाको सानो समस्या ठानेर बेवास्ता नगरौँ । किनभने विलम्ब धेरै घातक हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!