धेरै कारणले हुन सक्छ, अनुहार कालो हुने समस्या / स्टेरोइड क्रिम ले शुरुमा अनुहार टल्काउँछ पछि सद्दे नहुने गरी बिगार्छ

तपाइको समस्या र छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्णको जवाफ


प्रश्नः म २७ सालको महिला हु । कामको सिलसिलामा धेरै जसो घर बाहिर हुने गर्छु । कामको प्रकृति अनुसार मलाई बढी समय फिल्डमा दिनु पर्छ । पछिल्लो दुईतीन वर्षदेखि मेरो अनुहार विस्तारै कालो हुदैछ । अनुहार कालो हुने प्रकृया आखा नजिक अलि बढी देखिएको छ । यो किन भएको हो । यसको उपचार के छ ? बि.श्रेष्ठ, भक्तपुर

उत्तरः सम्भव भए सम्म घाममा बाहिर निस्कँदा अनुहारलाई छोपेर राख्नुस । वास्तवमा, सूर्यको प्रकाशमा भएको पराबैजनी किरणहरू अनुहार कालो हुने कारण हुन सक्छ ।

परावैजनी किरणको दुष्प्रभाववाट जोगिन अनुहार लगायतका खुल्ला अंगहअरुमा ‘सनस्क्रिन’, लोसन आदि प्रयोग गर्न सकिन्छ । घर बाहिर निस्कँदा अनुहारमा प्रत्यक्ष घाम नपर्ने गरी टोपी/हैट पनि लगाउन सकिन्छ । उसो तपाईं आफू सँग छाता राख्न सक्नु हुन्छ । छाताले पनि घामको प्रत्यक्ष असर वाट जोगाउँछ ।

हामी हरू बिहान हिडदा घामले अनुहारमा असर नगर्ने मान्यता राख्छौँ तर यो सरासर गलत हो । बिहान हिँड्दा पनि अनुहार छोप्नुस वा सन क्रिन लगाएर बाहिर निस्कनुस् । घर बाहिर निस्किंदा पर्याप्त मात्रामा पानी सेवन गरेर शरीरलाई ‘हाइड्रेट’ गरि राख्नुस्, अनुहारमा पनि मोइस्चराइजर, सन ब्लक आदि लगाइ राख्नुले थप फाइदा दिन्छ ।

अर्थात घर बाहिर निस्कँदा मोइस्चराइजर, सन क्रिन लोसन, छाता, टोपी, पर्याप्त पानी आदीको साथ भए तपाइ धेरै हद सम्म परावैजनी किरणले अनुहार, छालामा पार्ने दुष्प्रभाव वाट जोगिन सक्नु हुन्छ ।

आखा लगायतका भागमा कालोपना देखिनु अर्थात डार्क सर्कल, कुनै रोग होइन । यो अनुहारको बनावटमा पनि भर पर्छ भन्दा तपाइ लाई आश्चर्य लाग्न सक्छ । तर यो सही हो । तपाइहरुले पनि हेर्नु भएको होला, अझ अनुभव समेत गरेको हुन सक्नु हुन्छ, चुच्चो नाक र आखा भित्र रहने अनुहारमा डार्क सर्कल बढी देखिन्छ । यस्तै नाक थेप्चो र आखा बाहिर हुने अनुहार भएकाहरूमा डार्क सर्कल खासै देखिदैन ।यस्तै सुख्खा छाला भएकाहरूलाई डार्क सर्कल हुने, अनुहार कालो हुने आदि समस्या बढी देखिन सक्छ ।

फिल्डमा काम गर्न जाने केहि महिलाहरू बाथरुम जानुपर्ला भनेर पानी कम खाने गरेको समेत पाइएको छ । यस्ता व्यक्तिको शरिरमा पानीको कमी भएर पनि अनुहारमा  कालोपन हुन सक्छ ।

यति मात्र नभए महिनावारीमा समस्या भएकाहरुको पनि डार्क सर्कल देखिने गरिन्छ । अझ शरिरमा रगतको को कमी अर्थात रक्त अल्पता भएकाहरु यो समस्या सँग जुध्न सक्छन ।

आखा कमजोर भएका,  चश्मा लगाउनेहरुमा पनि डार्क सर्कल बढी देखिने गरिएको छ । यति मात्र नभइ टाउकोमा मेहदी लगाउने, आखाको सौन्दर्य प्रसाधन लगाउने हरुमा पनि डार्क सर्कल देखिन सक्छ ।

कहिले काही तपाइले लगाउने क्रिम लगायतकाले गर्दा पनि डार्क सर्कल, अनुहार कालो हुने, चमक हराउने जस्ता समस्या देखिन सक्छ ।के तपाइ अनुहार चम्किलो पार्ने, राम्रो वनाउने दाबी गरिएको वजारमा पाइने कुनै क्रिम त लगाइ राख्नु भएको छैन ? बजारमा पाइने अनुहार टल्काउने दाबी गरिएका केही क्रिमहरु मा ‘स्टेरोइड’, उपयोग गरिएको पाइएको छ । यो स्टेरोइडले छालामा असर पारेर विगार्न सक्छ ।यस्तो स्टेराइड युक्त त्रिम लगाउन शुरु गरेको केही समय त अनुहार टल्किने देखिन्छ तर पछि अनुहार चिलाउने, दाना, रेसेज आदि देखिन सक्छ ।

यदि डार्क सर्कल अनुहारको कालोपना लगायतका समस्या बढी छ भने यो हुनुको कारण पहिल्याएर उचित सल्लाह र उपचार प्रकृया शुरु गर्न कुनै छाला रोग विशेषज्ञ सँग प्रत्यक्ष जाच गराउनु आवश्यक हुन्छ ।

(तपाइ पनि सौन्दर्य, छाला सम्बन्धी समस्याको लागि डा.कर्ण सँग सल्लाह लिन nepalhealthpress@gmail.com  इमेलमा आफ्नो समस्या बताउन सक्नु हुन्छ)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!