सुकुमेल, अलैँची मसला मात्र हैन, औषधि समेत हो


सुकुमेललाई मसलाको ‘रानी’ समेत भनिन्छ । यसको उपयोग सामान्यतया मुखसुद्घि /माउथ फ्रेसनर वा मसलाको रूपमा गरिन्छ । सुकुमेल अर्थात् अलैँची दुई प्रकारको हुन्छ एउटा ठूलो जसको मुख्यतः मसालामा उपयोग हुन्छ अर्को सानो अर्थात् सुकुमेल ।

सुकुमेल वाट निस्किने तेल विशेष रूपले अनेक प्रकारको औषधीय गुणले युक्त हुन्छन् । यसले पेट सम्बन्धित विकारहट्नुको साथै आमाशयको पाचन शक्तिलाई समेत बढाउँछ ।

सुकुमेलमा मुख्य रूपले कार्बोहाइड्रेट , डाइटरीफाइबर , क्याल्सियम , पोटासियम , आइरन , म्याग्नेसियम र फस्फोरस पाइन्छ । यो बाहेक समेत सुकुमेल मा अन्य पोषक तत्त्वहरू हुन्छन् जो स्वास्थ्य को लागि धेरै फाइदा कारी मानिन्छ ।

सुकुमेलको प्रकृति भने न बढी उष्ण न बढी चिसो हुन्छ । यसलाई मुखमा राखेर चपाउनाले मुखको दुर्गन्ध नष्ट हुन्छ र वान्ता समेतरोक्छ। केही अनुसन्धानले यो कुराको पुष्टि भएको छ की सुकुमेल ले शल्यक्रिया पछि आउने वाकवाकी र वान्ता को समस्या मा राहत प्रदान गर्छ ।

पाचन सम्बन्धी दोष हट्दा भोजन मा रुचिबढ्नु को साथै मुटुलाई बल पुग्छ । यसले थकान समेत हटाउँछ । सुकुमेल मा यस्तो पोषक तत्व हुन्छ जसले पाचन तन्त्र लाई दुरुस्त राख्छ र पेटको जलन लाई कम गर्छ । जसले एसीडीटी , अपच जस्तो समस्या वाट राहत मिल्छ । पाचन तन्त्र दुरुस्त हुँदा शरीरको मेटाबोलिजम समेत सही रूपले काम गर्छ र भोक मा बृद्घि हुन्छ । जुन व्यक्ति लाई समय मा भोक न लाग्ने वा कम भोक लाग्ने समस्या छ उनीहरूलाई सुकुमेलको सेवनले फायदा पुग्छ ।

सुकुमेलको प्रयोगले पिसाब राम्ररी आउँछ । पिसाब सँग सम्बन्धित जलन आदि रोग समेत निको हुन्छ । सुकुमेल को सेवन नपुंसकता हटाउन सघाउने दाबी समेत गरिन्छ । सुकुमेलमा कामोत्तेजक गुण हुन्छ र यो स्त्री एवं पुरुष दुवैमा यौन को इच्छा बढाउन सघाउँछ ।

यसको विभिन्न प्रकारको प्रयोगले शरीरमा अल्झिएको कफ बाहिर निस्किन्छ । शरीरको दुखाई हट्नु को साथै शक्ति समेत प्राप्त हुन्छ । सुकुमेलको प्रयोगले शरीरमा रहेको काम नलाग्ने तरल तत्व समाप्त हुन्छ । यसलाई खादा शरीर भित्रको झिल्लीमा एउटा विशेष प्रकारको प्रभाव उत्पन्न हुन्छ । यसले गर्दा मुटु पोल्नु वा ग्याँस समाप्त हुन्छ ।

लसुन, प्याज आदि खाएर मुख, स्वास र शरीरमा उत्पन्न गन्ध सुकुमेलको प्रयोगले समाप्त हुन्छ । घाटीको खसखस, सुन्निनु आदि समेत सुकुमेलको प्रयोगले निको हुन्छ । यस्तै रुघाखोकीमा समेत सुकुमेलको उपयोग प्रभावकारी छ ।

वान्ता, मुखमा घाउ, वाकवाकी लाग्नु जस्ता रोगमा समेत सुकुमेल ले प्रभावकारी भूमिका खेल्ने आयुर्वेदमा वर्णन गरिएको छ । बस यात्राको समय धेरै जसोलाई चक्कर आउनुको साथै वाकवाकी लाग्ने गर्दा सुकुमेलको प्रयोग राम्रो समाधान हुन सक्छ । मोसन सिकनेस अर्थात गाडीमा यात्रा गर्दा हुने वाकवाकी , वान्ता लाई रोक्ने घरेलु उपाय समेत सुकुमेल हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!