सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रीलाई सुझाव

नेपालको कुल जनसङ्ख्याको करिब २९ प्रतिशत धुमपान तथा सुर्ती जन्य पदार्थ सेवन गर्छन् । नेपालमा वर्षेनी सुर्ती जन्य पदार्थको सेवनले ३७ हजार ५ सय व्यक्तिको अल्पायु मै मृत्यु हुने गरेको छ, जुन नेपालको कुल मृत्युको झन्डै १९.४ प्रतिशत हो ।


काठमाडौं–क्षयरोग तथा फोक्सो रोग विरुद्ध क्रियाशिल संस्थाहरूले नेपाल सरकारलाई सुर्ती जन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनु पर्ने सुझाव दिएको छ । अन्तर्राष्ट्रिय संस्था ‘द युनियन सिंगापुर र एक्सन नेपालले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत सँगको भेटमा सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व बैकले तोके अनुसार सुर्ती जन्य पदार्थको खुद्रा मूल्य मा न्यूनतम ७५ प्रतिशत कर लगाउने सुझाव दिएका हुन ।

द युनियन सिंगापुर का क्षेत्रीय निर्देशक डा.तारा सिंह बम र एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत लाई भेटेर हाल सुर्ती जन्य पदार्थमा कायम अन्तःशुल्क दर र स्वास्थ्य जोखिम कर परिमार्जन गरेर ७५ प्रतिशत लागू गर्न सुझाव दिएका हुन । यसको लागि चुरोटमा कायम अन्तःशुल्क दर १८ प्रतिशत लाई २०० प्रतिशत र स्वास्थ्य जोखिम कर ६० पैसा प्रति खिल्ली लाई १ रुपैयाँ प्रति खिल्ली बनाउन तथा अन्य सुर्ती जन्य पदार्थको कर समेत न्यूनतम ७५ प्रतिशत पुग्ने गरी बढाउन अर्थ मन्त्रालयमा पहल गर्नु पर्ने डा.बमले जनाएका छन् ।

नेपालमा सुर्ती जन्य पदार्थको खुद्रा मूल्य दक्षिण एसिया मै सबै भन्दा कम ३३ प्रतिशत रहेको तर डब्लुएचओ र विश्व बैक ले सुर्ती जन्य पदार्थको खुद्रा मूल्य न्यूनतम ७५ प्रतिशत कर लागू गर्नु पर्ने व्यवस्था गरेकोले औँल्याउँदै डा.बम र चन्दले स्वास्थ्य मन्त्रीलाई सुर्ती जन्य पदार्थमा ७५ प्रतिशत कर लगाउनु पर्ने सुझाव दिएका हुन ।

स्वास्थ्य मन्त्री लाई डा. बमले सुर्ती जन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ लाई समयानुकूल समेत संशोधन गर्नु पर्ने आवश्यकता औँल्याएका हुन । स्वास्थ्य मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, गृह र कानुन मन्त्रालय समेतको सहमति लिएर २०७६ साल पौष २१ गते स्वास्थ्य मन्त्रालयले सुर्ती जन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ संशोधन विधेयक संसदमा पेश गर्ने विषयमा प्रस्ताव नेपाल सरकार मन्त्री परिषदमा पेश गरे पनि हाल सम्म कुनै निर्णय भएको छैन । विज्ञहरूले उक्त ऐन मन्त्री परिषद् वाटछिट्दै निर्णय भएर संघीय संसदमा पेश हुनु आवश्यक रहेको बताउँदैन आएका छन् ।

नेपालमा उत्पादन हुने तथा विदेशबाट आयातित सबै सुर्ती जन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर, पेटी तथा पार्सल, प्याकेजिङ्गमा ९० प्रतिशत चेतावनी मूलक सन्देश तदारुकता साथ प्रभावकारी कार्यान्वयन गर्नु पर्ने समेत भेटमा स्वास्थ्य मन्त्रीलाई बताइयो ।

सरकारले धुमपान तथा सुर्ती जन्य पदार्थ नियन्त्रण र यसको उपभोगबाट उत्पन्न रोगको रोकथाम र उपचारको लागि स्थापना गरेको स्वास्थ्य कर कोष को प्रभावकारी कार्यान्वयन हुन नसकेको ले स्वास्थ्य मन्त्री बस्नेतलाई स्वास्थ्य कर कोषलाई वैज्ञानिक ढंग वाट परिचालन गर्न गराउन समेत डा. बम र चन्दले आग्रह गरेका थिए ।

हाल नेपालको कुल जनसङ्ख्याको करिब २९ प्रतिशत धुमपान तथा सुर्ती जन्य पदार्थ सेवन गर्छन् । नेपालमा वर्षेनी सुर्ती जन्य पदार्थको सेवनले ३७ हजार ५ सय व्यक्तिको अल्पायु मै मृत्यु हुने गरेको छ, जुन नेपालको कुल मृत्युको झन्डै १९.४ प्रतिशत हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!