विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा: २८.३३ प्रतिशत डाक्टर फेल, ७१.४३ प्रतिशत पास


काठमाडौं – नेपाल मेडिकल काउन्सिलले शुक्रबार  सञ्चालन गरेको २५ औं विशेष विशेषज्ञ दर्ता प्रमाण पत्र परीक्षा मा  ७१.४३  प्रतिशत चिकित्सक उत्तीर्ण र २८.३३ प्रतिशत अनुत्तीर्ण भएका छन ।

काउन्सिल को विशेष परीक्षामा ४ सय २० जना परीक्षार्थीहरु सहभागी भएकोमा ३ सय जना  (७१.४३ प्रतिशत) उत्तीर्ण भएका हुन । यस्तै विशेष परीक्षामा १ सय १९ जना ( २८.३३ प्रतिशत ) अनुत्तीर्ण भएका छन भने १ जनाको नतिजा रोक्का भएको छ।

लाईसेन्स परीक्षा ४३ विधा मा संञ्चालन गरीएको थियो । यस अघि २०७९ मंसिर ९ गते  गते .लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षा मा ७४.१६ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!