औंला पड्काउने बानी छ ? बेलैमा चेतौँ, गठिया, सुन्नाइ र दुखाइ हुन सक्छ

औँला पड्काउने एउटा बानी हो । जुन पछि आवश्यकता बन्न पुग्छ । किनभने औँलाहरू को जोर्नी को बीचमा ‘बवल्स ‘ बन्न थाल्छ । जसले औँलाहरू गह्रो भएको अनुभूति हुन्छ र यसलाई पड्काउदा हल्का महसुस गर्छन् । तर यो बानी वास्तवमा एक रोगलाई जन्म दिइरहेको हुन्छ ।


धेरैमानिसहरू लाई विना काम बस्दा आफ्नो औंला पड्काउने बानी हुन्छ। औँलाबाट आवाज आउँदा मानसिक सन्तुष्टि मिल्छ तर यसका धेरै शारीरिक अप्ठ्यारा हरू छन् । औँला पड्काउने शौक जीवनभर दुखाइ र औँला को खराब आकारको कारण पनि बन्न सक्छ।

औँलाहरू पड्काउने एउटा बानी हो । जुन पछि आवश्यकता बन्न पुग्छ । किनभने औँलाहरू को जोर्नी को बीचमा ‘बवल्स ‘ बन्न थाल्छ । जसले औँलाहरू गह्रो भएको अनुभूति हुन्छ र मानिसहरू यसलाई पड्काउदा हल्का महसुस गर्छन् । तर यो बानी वास्तवमा एक रोगलाई जन्म दिइरहेको हुन्छ ।
औंला पड्काउदा के हानी हुन्छ ?
वास्तवमा औँलाहरू पड्काउदा यसको जोर्नीहरू बीचको लुब्रिकेसन कम हुन थाल्छ र यसका कारण औंलाका जोर्नीहरू आपसमा रगड्न थाल्छन् । जसले गर्दा जोर्नी दुख्न थाल्छ।

लामो समयसम्म यस्तो भयो भने बाथ रोगमा घुँडाको दुखाइ जस्तै दुख्छ। यति मात्र होइन, यसले औँलाको आकार समेत बिगार्छ र कहिले काहीँ काम गर्न गाह्रो हुन्छ।
औँला पड्काउदा कसरी नोक्सान हुन्छ ?
औंला पड्काउनु ले जोर्नीको समस्या बढाउँछ । यसले जोर्नीहरूमा दुखाइ, सुन्नाई र कठोरता निम्त्याउन सक्छ। जोर्नीमा रहेको लुब्रिकेसन कम हुन थाल्छ । कहिलेकाहीँ जोर्नीहरूमा गाँठहरू पनि बन्छ।

लिगामेन्टमा चोट लाग्ने खतरा
बारम्बार औँला पड्काउदा लिगामेन्टमा चोट लाग्ने खतरा बढ्छ। औँलाको जोर्नीलाई स्वस्थ राख्न चाहनुहुन्छ भने औँलालाई बारम्बार तेलले मालिस गर्नुहोस् । शरीरको जोर्नीमा एक प्रकारको तरल पदार्थ हुन्छ । जब औँलाहरू पड्काइन्छ, जोर्नीहरू बीचको यो तरल पदार्थको ग्यास निस्कन्छ र भित्र बन्ने बवल्स पनि फुट्छ। बारम्बार औँला पड्काउदा तरल पदार्थ कम भएर वा समाप्त भएर गठियाको जोखिम धेरै गुणा बढ्न सक्छ ।

सन १९९० मा गरिएको एक अध्ययन जसमा ३०० जनाले भाग लिएका थिए, लामो समयसम्म औँलाहरू पड्काउदा हातको पकड बल ( ग्रीप स्ट्रेन्थ ) मा असर पर्छ र हात सुन्निने सम्भावना पनि हुन्छ। तर यस विषय मा थप अनुसन्धान भने भएको छैन ।
अनुसन्धानमा यो पनि खुलासा भएको छ कि पुरुषहरू प्रायः आफ्नो औँलाहरू पड्काउँछन्२५-५४% मानिसहरूमा यो बानी हुन्छ । कयौं पटक मानिसहरू चिन्ताका कारण पनि यस्तो गर्छन् ।
बानी बाट कसरी छुटकारा पाउने
खाली समयमा र तनावमा, तपाईँ प्रायः आफ्नो औँलाहरू पड्काउनु हुन्छ, त्यसैले तनावबाट जोगिनुस्‘स्ट्रेस बल ‘ उपयोग गर्नुहोस्। यदि तपाईँ लाई औँलाहरू पड्काउने इच्छा आओस् भने हातमा केही चीजहरू समात्नुहोस्। हात व्यस्त रहँदा समस्या कम हुन्छ । #Cracking finger
(अस्वीकरण: स्वास्थ्य सम्बन्धी यो सामाग्री मात्र जानकारी प्रदान गर्न को लागी हो। बढी जानकारी को लागी सधैँ एक विशेषज्ञ वा चिकित्सक सँग परामर्श गर्नुहोस्।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!