रसायनले पनि मधुमेह बढ्न सक्छ


एउटा अध्ययनको दाबी अनुसार नेल पेन्ट, स्याम्पु र परफ्युम , आदि व्यक्तिगत स्याहार उत्पादन मा भएको रसाउन हरूले कलेजो, फोक्सो र मृगौला लगायत अन्य अंग लाई नोक्सान पुर्याउँछन् ।

जर्नल अफ क्लिनिकल इन्डोक्राइनोलजी एण्ड मेटाबोलिज्म मा प्रकाशित रिपोर्टको अनुसार यसमा भएका रसायन ले इन्डोक्राइन लाई नोक्सान हुन सक्छ । मधुमेह हुने आशंका बढ्छ ।

अनुसन्धानमा के पाइयो भने जुन महिला ६ वर्ष देखी यिनी हरूको नियमित रुपमा उपयोग गरिरहेकी थिइन, उनीहरूमा ५ प्रतिशत जोखिम बढेको थियो ।

विज्ञहरूको अनुसार रसायन भएको उत्पादनहरूमा इन्डोक्राइन डिसरेप्टर्स हुन्छ । जव यसको एक्सपोजर शरीरमा हुन्छ तव हर्मोन को असन्तुलन हुन्छ । इन्डो क्राइन सँग जोडिएको रोग हुन्छ ।

यो समस्या विषादी ( पेस्टिसाइड ) भएको फल फुल साग सब्जी खानाले वा प्रदुषण भएको क्षेत्रमा रहनाले पनि हुन्छ । धेरै जसो व्यक्ति ससानो वाल बालिकाहरू लाई पनि यो उत्पादन लगाउँछन् यसले बच्चामा अर्ली प्युवर्टिको समस्या समेत हुन सक्ने विज्ञहरू बताउँछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!