फागुन ११ गते देखी १५ जिल्ला मा हात्तीपाइले विरुद्ध औषधि खुवाइने


काठमाडौं– राष्ट्रिय हात्तीपाइले रोग निवारण का लागि आम औषधि सेवन कार्यक्रम अन्तर्गत यो वर्ष १५ जिल्लामा आगामी बिहीवार देखी औषधि खुवाइने भएको छ ।

झापा, मोरंग , धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ पर्वत, बागलुङ कपिलवस्तु, दाङ बाँके र कैलालीका झन्डै ८५ लाख व्यक्ति लाई फागुन ११ गते देखी हात्तीपाइले विरुद्ध औषधि खुवाइने भएको हो ।

यस अन्तर्गत जुकाको औषधि अल्वेन्डाजोल, डाइ इथाइल कार्वामाजिन र आइवरमेक्टिन गरी तिन थरीको औषधि खुवाइने छ । पहिले खुवाइने गरिएको दुई थरीको दाँजोमा हाल दिई राखिएको तिन थरीको औषधि धेरै प्रभावकारी देखिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी )का जनस्वास्थ्य अधिकृत रामकुमार महतोले बताए ।

मुलुकको ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरि सकिएको छ । तर बाकी १४ जिल्लामा औषधि खान योग्य सबैले नखाई दिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरी हेर्दा समेत यी जिल्लाका बासिन्दामा रोगको दर अपेक्षाकृत न घटेकाले यो जिल्लाहरूमा पटक पटक औषधि खानु परेको इडीसिडीले जनाएको छ ।

मसिनो धागो आकारको जुका जस्तै परजीवीले उत्पन्न गर्ने हात्तीपाइले शारीरिक रुपमा अशक्त र अपाङ्ग बनाउने सरुवा रोग हो । संक्रमित लामखुट्टेको टोकाई वाट सर्ने यो रोगमा मानिस को शरीरमा परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र हात्ती पाइले र अण्डकोष सुन्निने जस्ता असरहरू देखिन्छ । एक पटक कुनै व्यक्तिमा यो रोगको लक्षण देखि सके पछि निको पार्न सकिँदैन भने धेरै जसो संक्रमण लक्षण विनाको हुन्छ ।

इडिसिडीको अनुसार औषधि सेवन गर्नेहरूको शरीरमा हात्तीपाइले को परजीवी भए मर्छ र भविष्यमा रोग देखिँदैन । यस्तै औषधि सेवन गरेका हरू वाट हात्तीपाइले को परजीवी अन्य स्वस्थ व्यक्तिमा सर्दैन।

इडिसिडी ले १५ जिल्लाका औषधि खान योग्य सबैले खानु पर्ने जनाएको छ । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिन सम्मको सुत्केरी, छारे रोगको समस्या भएका, ओछयाउनामा परेका सिकिस्त बिरामीले मात्र यो औषधि खानु हुँदैन ।

यस्तै औषधि खाली पेटमा खानु हुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरूमा यो औषधि सेवन गरे पछि सामान्य टाउको दुखाइ, वाकवाकी लाग्ने, पेट दुख्ने हुन सक्छ । यो लक्षण केही घण्टामा आफै हराएर जान्छ । लक्षण देखिँदा औषधि प्रभावकारी रूपमा काम गरिरहेको बुझ्नु पर्ने इडीसिडीले जनाएको छ ।

हात्तीपाइले रोग निवारण का लागि आम औषधि सेवन कार्यक्रम अन्तर्गत आयोजित सञ्चारकर्मी सँग अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा विभागका महा निर्देशक डा.दिपेन्द्र रमण सिंह, इडीसिडीका निर्देशक डा.चुमनलाल दास र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आम औषधि सेवन कार्यक्रम सफल बनाउन सबै सँग अपिल गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!