ग्यास सिलिन्डर पड्किँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते


काठमाडौ — खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का नेपाली काग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।

काठमाडौं बुद्धनगर स्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनका ८६ वर्षिया आमा घाइते भएको स्वकीय सचिव भुवन भुसालले बताए ।भण्डारी परिवार खाना खाएर सुतिसकेको अवस्थामा विस्फोट भएको बताइएको छ ।

उनिहरु दुबैको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको चिकित्सकले जनाएकाछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!