के कपाल काट्दा वा खौरँदा बढ्छ?


कपाल लाई काट्दा वा खौरँदा लामो हुने जन विश्वास भए पनि यो एउटा ‘मिथक’ हो । कति जनाले त कपाल राम्रो र घना होला भनेर निरन्तर कपाल खौरने ( शेव ) गरेका छन् ।

यति सम्म की शरीरको कुनै पनि भागको कपाल काट्दा त्यो झन् बढी बृद्धि हुने गलत विश्वास समेत गरिन्छ । कपाल समय समयमा कटाउँदै गर्दा वा खौरिँदा यो अझ लामो हुने विश्वास पुर्ण रूपमा गलतहो । कपाललाई खौरँदा वा कटदा यसको मोटाइ, रँग, बढ्ने गति आदिमा कुनै परिवर्तन हुँदैन । कपाल आफ्नै गतिमा बृद्धि भइ रहेको हुन्छ ।

यो गति व्यक्ति विशेषमा फरक भने पर्छ । यो फरक पार्ने तत्व जिन, लिङ्ग, उमेर, स्वस्थकर आहार विहार र खानपान, लगायतका छन । हरेक व्यक्तिको जीनले उसको कपाल कति छिटो बढ्ने कुरा तय गर्छ ।

यस्तै पुरुषको कपाल महिलाको दाँजोमा तीव्र गतिले बढ्छ । कपाल सामान्य तया १५ वर्ष देखी ३० वर्षको उमेरमा सबै भन्दा बढी तीव्र गतिले बढ्छ । यस पछि उमेर सँगै केही कपालको जरो ले काम गर्न छोड्दै जाँदा कपाल पातलो हुने गर्छ । अझ कपालको बृद्धिमा सबै भन्दा महत्वपुर्ण पोषण समेत हो । कपालको विकास र देखभालको लागि राम्रो पोषण पहिलो शर्त हो ।

मलाइ सम्झना छ स्कूल कलेजमा पढदाताका कपाल झर्न लागेका साथी भाइ आफन्तहरूले बारम्बार कपाल खौराउने गर्थे । महिलाहरूले पनि बारम्बार कपाल ट्र्रिम गराउने गर्थे । त्यसताका र अफै सम्म पनि के जन विश्वास छ भने कपाल काट्दा, खौराउँदा यो बाक्लो हुन्छ, बढ्छ । तालु पनको समस्या कम हुन्छ ।

हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो टाउको( मस्तक ) भन्दा माथिको कपाल जिउँदो होइन, अर्थात् यो मृत हो । त्यसैले हामीले यसलाई काट्दा कुनै संवेदना हुन्न ।

तपाइ कपाललाई काटनुस वा नकाटनुस यसले तपाइको कपालमा कुनै असर पर्दैन । तपाइको टाउको को कपाल होस वा शरीरको अन्य भागको, यसको बृद्धि/विस्तार छाला मुनी रहेको ‘हेयर फलिकल्स’( छालाको भित्री भागमा रहने जरो युक्त कपाल) मा निर्भर गर्छ ।

कपाल बढ्ने औसत दर प्रति महिना ०.५ सेन्टि मिटर देखी १.७ सेन्टिमिटर सम्म हो । यो बृद्धि तपाइको बाहिर आँखाले देखिन रौँ नभइ छाला मुनी देखी जरो सम्मका कपालको स्वास्थ्य र टाउको(स्कैल्प)को स्वास्थ्य मा समेत निर्भर गर्छ । सामान्य तया औसत रूपमा एक व्यक्तिको मस्तक एक लाख जति छाला मुनी उम्रिएको कपाल (हेयर फलिकल) हुन्छ ।

हाम्रो कपालको बृद्धि निरन्तर काटेर, खौरेर वा अन्य उपायले नभएर पोसिलो खानपान लगायतका सकारात्मक जीवन शैली वाट हुन्छ । कपाल बढाउन स्वस्थकर खानपानमा विशेष ध्यान ध्यान दिनु पर्छ । कपाल बढाउन प्रसस्त भिटामिन, प्रोटिन, अमिनो एसिड, ट्र्रस एलिमेन्ट , मिनरल्स लगायतका स्वस्थकर आहार लिनु पर्छ । हामीलाई थाहा नै छ कपालको जरो प्रोटिनले बन्छ । फलफूल, हरियो सागसब्जी, तरकारी, अनाज (होल ग्रेन) उपयुक्त मात्रामा सेवन गर्नु ले कपालको स्वास्थ्य लाइ राम्रो बनाउँछ ।

केही विशिष्ट खाद्य पदार्थ ले समेत कपालको बृद्धिमा असर गर्छ । यस अन्तर्गत माछाको सेवनले प्राप्त हुने आवश्यक ओमगा–३ फैटि एसिड, प्रोटिन, भिटामिन बी–१२ र आइरन आदिले टाउको छालालाई रूखो हुन वाट जोगाउँछ र कपाललाई नीरस (डल) हुन वाट रोक्छ ।

हरियो सागसब्जी भिटामिन ‘ए र सी’ को उच्च मात्रा हुन्छ यसले कपाललाई राम्रो अवस्थामा राख्न सघाउँछ । गेडागुडी प्रोटिनले परिपूर्ण हुन्छ । जसले कपालको बृद्घिलाइ बढाउँछ र कमजोर हुन वाट रोक्छ ।

वायोटिनको कमीले कपाल कमजोर र झर्ने हुन सक्छ, होल ग्रेन( अनाज) कलेजो, अण्डाको पहेँलो भाग, सोया विनको पीठो र खमिर आदिमा वायोटिन हुन्छ ।

ड्र्राइ फ्रुट ( नट) सेलेनियमको राम्रो स्रोतहो । सेलेनियम स्वस्थ टाउकोको लागि महत्वपुर्ण मानिन्छ । केही ‘नट’ मा अल्फा लिनोलिक एसिड र जिंक समेत पाइन्छ यसले कपाललाई कन्डिसन गर्नु को साथै रँगलाई समेत जोगाउँछ ।

यस्तै कम बोसो (फ्याट) भएको दुग्ध उत्पादनहरू क्याल्सीयमको राम्रो स्रोत हुने भएकोले यो कपाल बृद्धिको लागि अर्को प्रमुख घटक मानिन्छ ।

आजकल सहरिया मात्र नभइ ग्रामीण जीवनमा समेत तनाव बढ्दो छ । यसैले कपाल स्वस्थ राख्न तनाव लिनु हुन्न । तनावको प्रत्यक्ष प्रभाव कपालको विकासमा पर्छ ।

यस्तै हाम्रो शरीरमा हर्मोनको असन्तुलन समेत कपालको विकासमा प्रभाव पार्छ । यसैले हर्मोनको सन्तुलन ठीक छैन भने चिकित्सकले यसको उपचार गर्छन् ।

महिलाहरू मात्र नभएर हाल पुरुषहरूले पनि कपाल रबर आदिले बाँध्ने गरेका छन् । झन् महिलाले जुरो आदि बनाउँदा कपाल तानिने गरेको छ । कपाल तानिने हेयर स्टाइलले कपाल झर्ने समस्या हुन सक्छ । यसरी कपाल तनाइँदा हुने कपाल झर्ने समस्याको लागि चिकित्सा विज्ञानमा ‘ट्र्राक्सन एलोपेसिया’, शब्द समेत छ । कसेर बाँध्दा कपाल तानिएर हेयर फलिकलमा क्षति पुग्छ । हेयर फलिकलमा क्षति हुँदा स्थायी क्षति हुन्छ । कपाल फेरी उम्रँदैन ।

यस्तै कामकाजी महिलाहरूले कपाल सानो राख्नु नै यसको स्वास्थ्य को लागि उपयुक्त हुन्छ । यसले कपालमा कम दबाब पर्दा यो बढी स्वस्थ रहन्छ ।
कपाल तानिँदा हुने क्षति लाइ रोक्न कपाललाई कसेर नभइ खुकुलो रूपमा रबर आदिले बाँध्नु पर्छ ।

हामी आफूले रुचाएको जस्तो आकार प्रकारको लागि हेयर ट्रिटमेन्ट गराउने गरेका छौं । यसले पनि कपालमा नराम्रो असर पार्छ । मुख्य रुपमा ताप आधारित ट्रिटमेन्ट त बढी नै नराम्रो असर पार्छ । यो प्रकृयाले टाउको माथि रहेको कपाल(साफ्ट) लाइ नोक्सान गर्छ । यसले गर्दा कपालको गुणस्तर देखी लिएर यसको स्वास्थ्यमा समेत असर पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!