आइतवार देश भर का स्वास्थ्य निकाय मा आकस्मिक वाहेक का सवै सेवा बन्द हुने चिकित्सक संघको निर्णय


काठमाडौं – नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सक माथि लाठी चार्जको विरोधमा आइतबार देश भरका अस्पताल मा आकस्मिक बाहेकका सेवा बन्द गर्ने जनाएको छ । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर का वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथ लाल सिंहलाई प्रहरीले लाठ्ठीचार्ज गरी घाइते बनाएको थियो ।

संघले आईतबार एक दिन देश भरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक बाहेकका अन्य सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्र मा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको समेत नेपाल चिकित्सक संघले ठहर गरेको छ ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको शान्ति सुरक्षाका निम्ती आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भिभिआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न चिकित्सक संघ को शनिवार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

चिकित्सक संघले शनिवार विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई भिभिआईपी सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाईते बनाइनु मात्र नभई हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आईरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएको प्रति संघ स्तब्ध भएको जनाएको छ ।

संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथी प्रहरीले लाठ्ठी चार्ज गरी घाईते बनाएको घटनाप्रति समेत गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मा उल्लेख छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!