बेथे : औषधीय क्षमता भएको साग


मुख्य रूपमा सर्दी याममा देखिने बेथेको साग उत्तम स्वाद सँगै पोषक तत्व र औषधीय गुणले परिपूर्ण हुन्छ । छुट्टै खेती गरिए पनि मुलुकमा मधेश तिर यो साग प्रायः गँहु को खेतमा पाइन्छ ।

अंग्रेजी मा केनोपोडियम एल्बम भनिने यो साग एसिया सहित अमेरिका युरोप र अस्ट्रेलियामा पाइन्छ । यसमा खनिज तत्त्वको मात्रा अमला भन्दा पनि बढी हुन्छ ।

यसको नियमित सेवनले शरीरको तौल वृद्धि हुन वाट समेत सघाउँछ । यसलाई खानाले शरीरको मेटावोलिक रेट तीव्र गतिले बढ्छ । यसमा बोसोको कमी (फैट लस) र तौलमा कमी समेत हुन्छ । यसले जाडो याममा तौल बढ्ने समस्या लाई नियन्त्रित गर्न समेत सघाउन ।

यो साग दिनहुँ खादा शरीरमा फलामको कमी हुँदैन । फलामको कमीले हुने रक्त अल्पता लगायतका थुप्रै रोगबाट बाच्न सकिन्छ । भनिन्छ यसको उपयोगले मृगौलामा पत्थरी समेत हुँदैन ।

आयुर्वेदको अनुसार यसले आमाशयलाई बलियो बनाउँछ । बेथेमा भिटामिन बी२ , बी ३ , बी ५ , भिटामिन सी , फलाम, फस्फोरस, भिटामिन डी र क्षार प्रचुर मात्रामा पाइन्छ ।

बेथेको साग को नियमित उपयोग निरोग रहनको लागि आवश्यक मानिन्छ । यो शुक्र वर्द्धक समेत हो र कब्जियत मा बेथे अत्यन्त फाइदा कारी मानिन्छ । यो आमाशयलाई तागत दिन्छ । यसको नियमित सेवनले भने कब्जियतको समस्या रहँदैन शरीरमा तागत आउँछ स्फूर्ति कायम रहन्छ ।

यसको सेवनले पेटको हरेक प्रकारको रोग जस्तै कलेजो सम्बन्धित, अजीर्ण, ग्याँस, जुका, दुखाई, पत्थरी निको हुन्छ । पत्थरीमा नियमित रूपले दिनहुँ एक ग्लास काँचो बेथेको रसको सेवन फाइदा कारी मानिन्छ । यति मात्र नभई भोकमा कमी, खाना ढिलो पच्नु, डकार, पेट फुल्नु लगायत मा समेत फायदा कारी मानिन्छ । यसले पाचन शक्तिलाई बढाउँछ ।

महिलाहरूको रोकिएको मासिक धर्म मा समेत बेथे उपयोगी मानिन्छ । रोकिएर महिनावारी हुने समस्या को समाधानको लागि बेथे सागको रस सघाउँछ । पिसाब , मूत्राशय, मृगौला सम्बन्धी रोगमा भने यो विशेष उपयोगी हुन्छ ।

छाला सम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ । छाला रोगमा बेथे भोजनको माध्यमले खानुको साथै रसलाई रोग प्रभावित छालामा लगाउने समेत गरिन्छ ।

यस्तै टाउकोमा जुम्रा र लिखा हटाउन बेथे लाई उमालेर यसको पानीले टाउको धुँदा जुम्रा हट्छ । यतिमात्र नभई यसले कपाललाई समेत स्वस्थ बनाउँछ, झर्न वाट रोक्छ । अनौठो टलक सहित कपालको प्राकृतिक रँग कायम राख्छ ।
बेथेलाई काँचो चपाउँदा मुखको घाउ(अल्सर), श्वासको दुर्गन्ध लगायत मुख स्वास्थ्य सँग जोडिएको अन्य समस्या मा फायदा पुग्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!