अनुसन्धानको दाबीः ३४ प्रकार को क्यान्सर को जड हो दिनहुँ खाइने यी १५ खाद्य पदार्थ

फ्रेन्च फ्राइ, सोडा, डोनट, आइसक्रिम, कुकिज, केक, केन्डी, सास, हट डग , ससेज, रेडी टु इट मिल,  प्याक सुप, फ्रोजन पिज्जा,  र ओइली फुड जस्तो अल्ट्रा प्रोसेस्ड खाद्य पदार्थ क्यान्सरको जरो हो ।


एउटा अध्ययन अनुसार यदि तपाई पिज्जा , बर्गर, कोल्ड ड्रिंक्स र प्याकेज फुड को सौखिन हुनुहुन्छ भने  तपाई लाई क्यान्सर (क्यान्सर) हुने वा यो रोगले मृत्यु हुने खतरा बढी हुन्छ । जर्नल इक्लिनिकल मेडिसिनमा प्रकाशित यो अध्ययन ब्रिटेनमा १ लाख ९७ हजार भन्दा बढी मानिसहरूमा गरिएको हो ।

वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि अल्ट्रा प्रोसेस्ड फुड या जंक फुड खानाले  क्यान्सर विकसित हुन सक्ने र मृत्यु हुने खतरा बढ्छ । अध्ययनमा दाबी गरिए अनुसार अल्ट्र्राप्रोसेस्ड फुड या जंक फुड खानाले एउटा हैन ३४ विभिन्न प्रकारको क्यान्सरको खतरा हुन सक्छ । अनुसन्धान कर्ताहरूले अध्ययनमा १ लाख ९७ हजार ४ सय २६ जना को खाने बानी सम्बन्धी जानकारी जाँच गरेका थिए ।

अनुसन्धान कर्ताहरूको अनुसार यसमा सबै भन्दा बढी युवा र महिला सँगै यस्तो व्यक्ति संलग्न थिए  जसको क्यान्सरको कुनै पारिवारिक इतिहास थिएन । अनुसन्धान अनुसार प्रोसेस्ड फुड खानाले कुनै पनि क्यान्सरको जोखिम २ प्रतिशत र ओभेरियन क्यान्सरको जोखिम १९ प्रतिशत सम्म बढ्न सक्छ ।

यति मात्र नभइ यी कुराहरूले गर्दा क्यान्सर वाट मृत्युको जोखिम ६ प्रतिशत सम्म बढ्न सक्छ भने ओभेरियन क्यान्सर वाट मृत्यु हुने जोखिम ३० प्रतिशत सम्म बढ्न सक्छ ।

के–के बढाउँछ क्यान्सरको खतरा ?
अल्ट्रा प्रोसेस्ड फुड अन्तर्गत फ्रेन्च फ्राइ, सोडा, डोनट, आइसक्रिम, कुकिज, केक, केन्डी, सास, हट डग , ससेज, रेडी टु इट मिल,  प्याक सुप, फ्रोजन पिज्जा,  र ओइली फुड सामेल छ ।

कसरी बन्छ प्रोसेस्ड फुड?
अध्ययन अनुसार प्रोसेस्ड फुड को स्वाद बढाउन र लामो समय सम्म सुरक्षित राख्ने उद्देश्यले बनाइन्छ । यही कारणले गर्दा यी वस्तुलाई बनाउँदा यसमा विभिन्न प्रकारको रसायन भएको रँग, र यस्तो वस्तुको उपयोग गरिन्छ जो यसलाई आकर्षक बनाउँछ ।

क्यान्सर मात्र नभइ थुप्रै ज्यान लिने रोगको जोखिम
पछिल्लो थुप्रै अध्ययनले के देखिएको छ भने अल्ट्रा प्रोसेस्ड फुड को नियमित सेवनले क्यान्सर मात्र नभइ मोटोपना हर्ट एटैक, स्ट्रोक, टाइप–२ मधुमेह, र यति सम्म की मृत्युको खतरा बढ्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!