‘भारत को उडिसा राज्य का स्वास्थ्य मन्त्री लाई गोली हान्ने सुरक्षाकर्मी मानसिक रोग को शिकार’, केहो बाइ पोलर डिसअर्डर?


नयाँ दिल्ली – भारतको  उडिसा राज्यका स्वास्थ्य मन्त्री लाई गोली हान्ने व्यक्ति अर्थात उनकै सुरक्षामा खटिएका पुलिस ‘बाइ पोलर डिसअर्डर’को शिकार भएको पाइएको छ ।

उडिसा राज्यको स्वास्थ्य मन्त्री नव किशोर दास लाई रविवार गोली हानेर हत्या गर्ने उनकै सुरक्षामा रहेका आरोपित असिस्टेन्ट सव इन्स्पेक्टर गोपाल कृष्ण दास बाइ पोलर डिजअर्डरको शिकार रहेको बताइएको छ ।

रिपोर्टमा एमकेसीजी मेडिकल कलेज र हस्पिटलको मनोचिकित्सा  विभागका प्रमुख डा.चन्द्र शेखर त्रिपाठीको अनुसार आरोपी ८–१० वर्ष देखी यो रोगको बिरामी हो । डा.त्रिपाठीका अनुसार इन्स्पेक्टर दास लाई धेरै छिटो रिसाउँने समस्या भएको र यसै को उपचार चलिरहेको थियो ।

बाइ पोलर डिसअर्डर एउटा मानसिक विकार हो जसमा बिरामीको भावनाहरू, उर्जा या क्षमता अनियन्त्रित भएर परिवर्तित हुन्छ । अर्थात व्यक्तिको मुड तिव्र गतिले परिवर्तित हुन्छ । सामान्य भाषामा भन्ने हो भने बिरामीमा ‘सनक’, जस्तै सवार हुन्छ । विज्ञहरूको अनुसार बिरामी लाई काउन्सिलिङ सँगै उपचारले नियन्त्रित गर्न सकिन्छ ।

बिरामीको रोग पहिचान गर्न केही लक्षणमा ध्यान दिन सकिन्छ । यो लक्षण धेरै हद सम्म बाइ पोलर डिसअर्डरको संकेत दिन्छ ।  

यो रोगको दुई एपिसोड हुन्छ

नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ को अनुसार बाइ पोलर डिसअर्डर मुख्य रुपमा दुई प्रकारको हुन्छ । पहिलो लाई ‘मैनिक एसिसोड’  र दोश्रो लाई ‘डिप्रेसिभ एपिसोड’ भनिन्छ । जसको लक्षण फरकफरक हुन्छ ।

मैनिक एपिसोडमा बिरामी बढी आक्रामक भइ हाल्छन् र यसको लक्षण समेत कम्तिमा एक साता सम्म रहन सक्छ । यो समस्या लाई बाइ पोलर डिसअर्डर समेत भनिन्छ । यसको विपरित डिप्रेसिभ डिसअर्डर मा  बिरामी हतास र उदास रहन्छ र यसलाई ‘बाइपोलर-२’ डिसअर्डर समेत भनिन्छ ।

मैनीक एपिसोडको लक्षण र संकेत

  • धेरै चाडै रिसाउने, आक्रामक अनुभव गर्ने, झोक्किने
  • अचानक सामान्य भन्दा बढी सक्रिय भइ हाल्ने
  • निन्द्राको आवश्यकतामा कमी अनुभव गर्नु
  • थुप्रै विषयहरूमा छिटो छिटो कुरा गर्नु
  • विचार तिव्र गतिले आउनु जानु
  • नथाकिकन थुप्रै काम एक साथ गर्नु
  • खाना, रक्सी र आनन्द दिने गतिविधि को प्रति भोक
  • असामान्य रूपले आफै लाई महत्वपूर्ण , प्रतिभावान्, र बलियो अनुभव गर्नु

डिप्रेसिभ एपिसोडको लक्षण र संकेत   

  • धेरै बढी उदास, चिन्तित र हतास अनुभव गर्नु
  • थकाइ र बेचैन अनुभव गर्नु
  • सुत्नमा समस्या अनुभव गर्नु
  • कम वा बढी सुत्नु
  • विस्तारै विस्तारै बोल्नु वा भन्न लाई शब्द खोज्न न पाउनु
  • धेरै बढी बिर्सनु
  • ध्यान लगाउन र निर्णय लिनमा समस्या
  • सामान्य काममा पनि असमर्थ अनुभव गर्नु
  • धेरै जसो हरेक वस्तु मा आकर्षण गुमाउनु
  • विना उम्मिद, बेकार अनुभव गर्नु
  • आत्महत्या गर्ने विचार आउनु

दुवै एपिसोडको लक्षण समेत देखिन सक्छ

यस्तो छैन की ‘मैनीक’ वा ‘डिप्रेसिभ एपिसोड’ को लक्षण फरक-फरक बिरामीमा नै देखिन सक्छ । एकै व्यक्तिमा दुवै एपिसोडको संकेत फरक फरक समयमा देख्न सकिन्छ । यदि निरन्तर डिप्रेसिभ एपिसोडको लक्षण देखिन्छ भने यसलाई ‘साइक्लोथायमिया डिसअर्डर’ भनिन्छ ।

सवै भन्दा बढी किशोर हुन्छन शिकार

नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ को अनुसार वाइपोलर डिसअर्डर धेरै जसो किशोरावस्था को अन्तिम अवस्था वा वयस्क वन्नु भन्दा अघि शुरु हुन्छ । कहिले काही वाल्यकालमा समेत यो मानसिक समस्याको शुरुवात हुन सक्छ । जसको उपचारको लागि साइकोथेरापिष्ट संग सम्पर्क गर्नु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!