दक्षिणपूर्वी एसियाका देशहरूलाई दादुरा उन्मूलन का उपायहरू तीव्र पार्न डब्लुएचओ को आह्वान


नयाँ दिल्ली – दक्षिण पूर्वी एसिया क्षेत्रमा ‘वाइल्ड’, पोलियो भाइरसको अन्तिम घटनाको १२ औ वार्षिकोत्सवको अवसर मा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले शुक्रवार मुलुकहरूलाई दादुरा विरुद्ध तत्काल द्रुत कदम चाल्न आह्वान गरेको छ । पछिल्लो दुई वर्षमा यो घातक रोग विरुद्ध झण्डै ९० लाख बालबालिका खोप लिनबाट छुटेकाले हाल यो संक्रमण बढ्दो छ ।

‘बलियो राजनीतिक प्रतिबद्धता, दृढ संकल्प, केन्द्रित र ठोस प्रयास र सामुदायिक सहयोग जसले पोलियो उन्मूलनका लागि हाम्रो प्रयासलाई चिन्हित गर्यो, अब दादुराको प्रकोप रोक्न, रोक थाम गर्न र रोग उन्मूलन गर्ने प्रयासलाई तीव्रता दिन तुरुन्तै आवश्यक छ’, डब्लूएचओ दक्षिण पूर्वी एसिया की क्षेत्रीय निर्देशक, डा.पुनम खेत्रपाल सिंहले भनिन् ।

दादुरा र रुबेला उन्मूलन डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रको प्रमुख प्राथमिकतामा परेको कार्यक्रम हो । सन २०१४ र २०२१ को बीचमा, यस क्षेत्रले दादुराको मृत्युमा ७३ प्रतिशत कमी र दादुराका घटनाहरूमा ६४ प्रतिशत कमी रेकर्ड गरेको छ । दक्षिण पूर्वी एसिया क्षेत्र का ११ मध्ये पाँच देश भुटान, डीपीआर कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर –लेस्टले दादुरा निर्मूल पारेका छन् भने दुई देश माल्दिभ्स र श्रीलंकाले पनि रुबेला निर्मूल गरेका छन । देशहरूले आफ्नो बालबालिकाको खोप कार्यक्रमको भागको रूपमा दादुरा खोपको दुई डोज दिँदै आएका छन् र केहीले सामूहिक खोप अभियानहरू सञ्चालन गरिरहेका छन्।

यद्यपि, कोभिड महामारी देखिँदा दादुरा खोप कभरेज, जुन सन २०१९ सम्म पहिलो डोजको लागि ९४ प्रतिशत कभरेज र दोस्रो डोजको लागि ८३ प्रतिशत कभरेजको सार्वकालिक उच्च स्तरमा पुगेको थियो, सन २०२१ मा क्रमशः ८६ प्रतिशत र ७८ प्रतिशत मा घट्यो । यसरी ९० लाख बालबालिका दादुरा विरुद्धको खोप पाएनन् भने करिब ५३ लाख बाल बालिकालाई आंशिक रूपमा यो अत्यन्त संक्रामक र घातक रोग विरुद्ध खोप लगाइएको थियो ।

‘भ्याक्सिन कभरेजमा आएको कमी र कोभिड को कारण खोप को निगरानी गतिविधिहरूमा देखिएको अवरोध र ढिलाइले यो क्षेत्रलाई ठूलो प्रकोपको लागि संवेदनशील बनाउँछ र दादुरा र रुबेला उन्मूलनको सन २०२३ लक्ष्यको लागि ट्र्र्याक बाट टाढा राख्छ’, क्षेत्रीय निर्देशकले भनिन ।

क्षेत्रीय निर्देशकले भने, ‘हामीले उच्च प्रभावको लागि अनुकूल दृष्टिकोणहरू, जस्तै क्याच–अप अभियानहरू मार्फत, र राम्रो माइक्रोप्लानिङको साथ नियमित खोपलाई बलियो बनाउनु को साथ प्रतिरोधात्मक अन्तरहरू तुरुन्तै समाप्त गर्नु आवश्यक छ’ क्षेत्रीय निर्देशकले भनिन ।
देशहरूले समेत दादुराका केस र प्रकोप हरूको समयमै पत्ता लगाउन प्रयोगशाला समर्थित केस–आधारित निगरानीमा पर्याप्त लगानी पनि सुनिश्चित गर्नुपर्छ’, उनले अगाडी थपिन ।

क्षेत्रीय निर्देशकले पोलियो विरुद्ध निरन्तर प्रयास गरेकोमा यस क्षेत्रका देशहरूको प्रशंसा गरे। यस क्षेत्रले १२ वर्ष पहिले भारतको पश्चिम बगालको हावडाबाट वाइल्ड पोलियोभाइरसको अन्तिम केस रिपोर्ट गरेको थियो र अझै पोलियो–मुक्त स्थिति कायम राखेको छ ।

भेम्बर २०२२ मा, इन्डोनेसियाले आचे प्रान्तबाट पोलियो भाइरस टाइप २ को प्रकोपको रिपोर्ट गरेको थियो। त्यहाँ १३ वर्ष मुनिका १२ लाख बालबालिकालाई लक्षित गरी मौखिक पोलियो खोप मार्फत समयमै सामूहिक खोप अभियान सञ्चालन गरेको थियो ।

सन २०२२ मा दक्षिण पूर्वी एसिया क्षेत्रको पोलियो प्रयोगशालाहरूमा ६३हजार भन्दा बढी दिसाको नमुनाहरू परीक्षण गरिएको थियो। यस्तै यस क्षेत्रका ६ वटा देशका ९१ साइटहरू मार्फत पोलियो भाइरसका लागि २२ सय भन्दा बढी ढलको नमुनाहरू परीक्षण गरिएको थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!