हेमोफिलिया–बीः अब भाइरसले हुन्छ रगत बग्ने रोगको उपचार

बेलायती डाक्टरहरूले अनुसन्धानपछि भाइरसको माध्यमबाट जन्मदेखि नै हेमोफिलिया–बी बाट पीडित बिरामीलाई पूर्ण रूपमा निको पार्न सफल भएको दाबी गरेका छन् ।


लण्डन (एजेन्सी)– हेमोफिलिया–बी अर्थात रक्तश्राव सम्बन्घित रोगको उपचार अब भाइरस को माध्यमले गर्न सकिन्छ। बेलायती डाक्टरहरूले अनुसन्धानपछि भाइरसको माध्यमबाट जन्मदेखि नै हेमोफिलिया–बी बाट पीडित बिरामीलाई पूर्ण रूपमा निको पार्न सफल भएको दाबी गरेका छन् ।

यो अध्ययनको निष्कर्ष न्यु इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको हो । लण्डनको युनिभर्सिटी कलेजका चिकित्सकहरूले जन्मदेखि नै हेमोफिलियाबाट पीडित इलियट म्यासन को लागि प्रयोगशालामा ट्रान्सफर्मेशनल थेरापी बाट शरीरमा विशेष प्रोटिन बनाउन सक्ने भाइरस बनाएका छन् । यो भाइरसले माइक्रोस्कोपिक पोस्टम्यान जस्तै काम गर्छ, जसले फोक्सो भएर प्रोटिनलाई कलेजो सम्म पुर्य्उाछ। यसपछि, शरीरमा भएको रगत जमाउने (क्लोटिंग) प्रोटिनले काम गर्न शुरु गर्छ । यो भाइरस लाई बिरामीको शरीरमा पुग्न करिब एक घण्टा लाग्यो ।

उनलाई दैनिक खुराक दिइयो। यो थेरापी परीक्षणको समयमा पूर्ण रूपमा प्रभावकारी देखियो । यस पछि उनी पूर्ण रुपमा स्वस्थ छन् । वास्तवमा, बिरामीको शरीरमा एक विशेष प्रोटिन पर्याप्त भन्दा बढी थियो, जसले ‘क्लोटिंग फैक्टर–९ ’बनाउछ। फैक्टर–९ शरीरमा बनाइने क्लोटिंग प्रोटिन मध्ये एक हो। यसले चोट लागे पछि अतिरिक्त रगत बग्नबाट जोगाउँछ । इलियटलाई एउटा यस्तो भाइरस दिइएको थियो जुन फैक्टर–९ मा थिएन। चिकित्सकहरूका अनुसार यो थेरापीको सहायताले हेमोफिलिया भएका अधिकांश युवालाई आगामी तीन वर्षभित्र निको पार्न सकिने छ ।

आनुवंशिक रोग

हेमोफिलिया–बी एक आनुवंशिक रोग हो, जसका कारण शरीरमा रगत जम्ने प्रक्रिया सुस्त हुन्छ र यसका कारण शरीरमा बगिरहेको रगत छिट्टै बन्द हुदैन। लन्डन युनिभर्सिटी कलेजकी प्राध्यापक प्रतिमा चौधरीले भनिन की ‘हामीकहाँ  यस्ता धेरै युवा बिरामी आउने गरेका छन जो मांसपेशी, जोर्नी र मस्तिष्क जस्ता अन्य महत्वपूर्ण अङ्गबाट रगत बग्ने समस्याले पीडित छन् ।

१० मध्ये ९ बिरामीहरूमा प्रभावकारी

न्यु इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित निष्कर्षका अनुसार परीक्षणको क्रममा यो थेरापी १० मध्ये ९ जना बिरामीलाई पूर्ण रूपमा निको पार्न प्रभावकारी थियो।

महिला भन्दा पुरुष बढी प्रभावित

चिकित्सकका अनुसार यो रोग महिलाहरूको दाँजोमा पुरुषमा बढी देखिन्छ । यस मध्ये  कतिपय गम्भीर अवस्थामा शरीरभित्र रगत बग्न थाल्छ । यस्तो अवस्थामा समयमै उपचार नपाएमा ज्यान समेत जान सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!