सेकेन्ड हेन्ड स्मोकिङ क्यान्सर हुने १०औं सबै भन्दा ठुलो कारण / अरुले चुरोट खादा सँगै बस्ने लाई समेत फोक्सो को क्यान्सर को जोखिम

सन १९६४ पछि धूम्रपान नगर्ने करिव २५ लाख व्यक्ति को अपरोक्ष धूम्रपानको सम्पर्कमा आउनाले मृत्यु भइ सकेको छ । तमाखुको धूवाँमा ७ हजार भन्दा बढी जहरिलो रसायन हुन्छ ।


ब्रिटिस मेडिकल जर्नल ‘द ल्यान्सेट’ को अध्ययनमा दावी गरिए अनुसार अपरोक्ष धूम्रपान ( सेकेन्ड हेन्ड स्मोकिङ ) क्यान्सर हुने १० औं सबै भन्दा ठुलो कारण हो । जो व्यक्ति धूम्रपानको अम्मली नजिक रहने गर्छन उनीहरूमा क्यान्सरको आशंका सामान्य व्यक्तिको दाँजोमा ५१ प्रतिशत सम्म हुन्छ ।

प्रतिवेदन अनुसार अपरोक्ष धूम्रपानको असर सबैमा पर्ने गरेको छ । यदि कुनै व्यक्ति घरमा धूम्रपान गर्छन भने उनीहरूको सन्तानमा समेत यसको बढी दुष्प्रभाव देखिने गरिएको छ ।

अफिस, बार, रेष्टुरेन्ट, क्यासिनो सँग सँगै अन्य ठाउँ मा पनि चुरोट सेवन नगर्ने व्यक्ति अपरोक्ष धूम्रपानको सम्पर्कमा आउछन । अपरोक्ष धूम्रपान बच्चा र वयस्कमा स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ । कहिले काहीँ यो धेरै घातक समेत हुन सक्छ ।

अमेरिकी रोग नियन्त्रण केन्द्र अनुसार तमाखुको धूवाँमा ७ हजार भन्दा बढी जहरिलो रसायन हुन्छ । सन १९६४ पछि धूम्रपान नगर्ने करिव २५ लाख व्यक्तिलाई अपरोक्ष धूम्रपानको सम्पर्कमा आउनाले मृत्यु भइ सकेको छ । यस वाट बचाउको प्रभावकारी तरिका तरिका तत्काल धूम्रपान छोडनु हो । धूम्रपान गर्न छोडेको दिन देखी नै फायदा हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!