बढी नुन खादा शरीरमा हुनसक्छ यी ५ ठूलो नोक्सान


नुन बिना हाम्रो जीवन अधुरो छ । तर यसको सही मात्रामा नै सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । नुनको अत्याधिक सेवन गर्नु शरीरका लागि हानिकारक हुन सक्छ । नुन ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड ले बनेको हुन्छ, जसले शरीरमा पानी र खनिजको सन्तुलन कायम राख्न मद्दत गर्छ।

यसको अत्यधिक सेवनले शरीरमा धेरै प्रकारको रोग लाग्न सक्छ । धेरै जसो व्यक्तिलाई खानामा बाहिर वाट नुन मिसाएर खान रुचाउँछन् । यस्तो दिनचर्या नियमित रुपमा गर्नु शरीरको लागि धेरै हानिकारक हुन सक्छ । नुन बढी खादा हुने हानीबारे जानौं र यसको सन्तुलित स्वास्थ्यकर उपयोग गरौं ।

मुटुको लागि खतरनाक
धेरै नुन खानु मुटुका लागि खतरनाक हुनसक्छ । यसको सेवनले मुटुसँग सम्बन्धित रोग हुने जोखिम बढ्छ । धेरै नुनको सेवनले हर्ट एटैक को जोखिम बढ्छ र मुटु पनि कमजोर हुन थाल्छ । नुन बढी सेवन ले स्ट्रोक को जोखिम समेत धेरै गुना बढाउँछ ।

पेट फुल्ने समस्या
धेरै नुन खाँदा पेट फुल्ने समस्या हुन्छ । किनकी नुनको अत्यधिक सेवनले शरीरमा अतिरिक्त पानी जम्मा हुन थाल्छ । जसका कारण पेट फुल्ने समस्या वा पेट टाइट हुने समस्या हुन सक्छ । बढी नुन सेवन गर्नु पेटको लागि धेरै हानिकारक हुन सक्छ।

रक्तचापको समस्या
धेरै नुन खादा रक्तचाप (व्लड प्रेसर)को समस्या बढ्न सक्छ । नुनको बढी सेवनले रगतमा सोडियमको मात्रा धेरै गुणा बढाउँछ । जसले गर्दा रक्तचाप बढ्ने समस्या हुन सक्छ । रक्तचाप बढ्दै जाँदा शरीरमा बान्ता, वाकवाकी, कमजोरी जस्ता लक्षणहरू देखिन सक्छ ।

मृगौला समस्या
धेरै नुन खाँदा मृगौलाको समस्या बढ्न सक्छ । किनभने नुन खादा शरीरको पानी पिसाब र पसिनाको रूपमा छिटो बाहिर निस्कन्छ। जसका कारण मिर्गौलाले बढी काम गर्नुपर्ने हुन्छ र मिर्गौलाको समस्या बढ्न सक्छ । लामो समयसम्म नुनको बढी सेवनले मृगौला सम्बन्धी रोगको जोखिम पनि बढाउँछ ।

छाला समस्या
नुनको अत्याधिक सेवनले छाला सम्बन्धी समस्या पनि बढ्न सक्छ । धेरै नुन खादा शरीर पोल्नु, चिलाउने, सुन्निने र रातो बिमिरा जस्ता समस्या हुन सक्छ । छालाको संक्रमणबाट बच्नको लागि थोरै मात्रामा मात्र नुनको सेवन गर्नुपर्छ । नुनको बढी सेवन शरीरका लागि घातक हुन सक्छ । तर ध्यान राख्नुहोस् कि तपाईंलाई कुनै रोग वा एलर्जी छ भने डाक्टरलाई सोधेर मात्र नुन को उपयुक्त मात्रामा सेवन गर्नुहोस्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!