कोरोना पछि ‘डिजिज (रोग) एक्स’ को खतराः बन्न सक्छ अर्को महामारी, डव्लूएचओ को ३०० वैज्ञानिक नियाल्दै, के हो ‘रोग–एक्स’?


विश्व लाई नै ठप्प पारि दिएको कोरोना महामारीको तीन वर्ष पूरा हुन लागेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भविष्यमा गम्भीर रोग वा महामारीको जोखिम हुन सक्ने केही ब्याक्टेरिया, भाइरस र सूक्ष्मजीवहरूको सूची अद्यावधिक गरिरहेको बताएको छ । यस परियोजनाका लागि विश्व भरका ३ सय वैज्ञानिकको टोली पनि बनाउन लागिएको छ ।

सुचीमा थुप्रै पैथोजेन्स(रोगजनकहरू) समावेश
डब्लुएचओका अनुसार सन् २०१७ देखि प्रकाशित भइरहेको सूचीमा धेरै खतरनाक पैथोजेन्सहरु समावेश गरिराखिएको छ । यसमा कोरोना भाइरस, इबोला भाइरस, मारबर्ग भाइरस, लासा ज्वरो, निपाह भाइरस, जिका भाइरस र ‘डिजिज–एक्स’को नाम पनि छ ।
पैथोजेन्स अर्थात रोगजनकहरू यस्ता जीवहरू जसबाट रोग उत्पन्न हुन्छ । यसले कुनै पनि रूख, बिरुवा, जनावर वा सूक्ष्मजीवलाई बिरामी बनाउन सक्छ ।

‘डिजिज–एक्स’मा निगरानी राखिने’
डब्लूएचओ टोलीले डिजिज एक्समा विशेष निगरानी राख्ने भएको छ । हाल यो पूर्णरुपमा अज्ञात रोग हो । यो रोग मानिसका लागि निकै खतरनाक साबित हुने वैज्ञानिकहरूले बताएका छन् । यसले महामारीको रूप पनि लिन सक्छ । यो जुन भाइरस वा ब्याक्टेरियाबाट हुनेछ, यसको संक्रमण कोरोना भन्दा छिटो फैलिने छ । त्यसैले समयमै यो रोग लाई पत्ता लगाउनु जरुरी हुन्छ।

अनुसन्धानले उपचारमा सघाउ
सूची लाई अद्यावधिक गरेपछि, डब्लूएचओका वैज्ञानिकहरू यी रोगहरूको सफल उपचार खोज्न थाल्नेछन् । ब्याक्टेरिया र भाइरसको खतरा पहिले नै थाहा पाएर यसबाट जोगिन परीक्षण र भ्याक्सिन(खोप) बनाउन सकिन्छ । संक्रमण तीव्र गतिमा फैलाउने क्षमता भएका रोगजनकहरूको सम्पूर्ण परिवारलाई लक्षित गरिनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!