दर्तावाला रेडियोलोजिष्ट चिकित्सकले मात्र अल्ट्रा साउन्डको आधिकारिक रिपोर्टिङ्ग गर्न पाउने


काठमाडौँ – नेपाल मेडिकल काउन्सिल ले योग्यता नभएका व्यक्ति द्वारा कानून विपरीत अल्ट्रा साउन्ड परीक्षण  सेवा प्रवाहीत भए कानुनी कारवाहि गर्ने  चेतावनी दिएको छ ।

रेडियोलोजी तथा इमेजिङको आधि कारिक रिपोर्टिङ्ग मेडिकल काउन्सिलमा रेडियो लोजिष्ट का रूप मा दर्ता भएको विशेषज्ञ चिकित्सक ले मात्र गर्न पाउने समेत जनाएको छ ।

काउन्सिलले शुक्रबार अल्ट्रा साउण्ड सेवा नियमन बारे प्रेस विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिइएको हो ।

‘ऐन, नियम तथा व्यवस्थापन का विपरित अनाधिकृत रूपमा अल्ट्रासाउण्ड गरेको वा गराईएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही भैजाने व्यहोरा सबैमा सूचित गरिन्छ ‘, काउन्सिलद्वारा जारी विज्ञप्ति मा उल्लेख छ ।

हाल मुलुकमा विभिन्न स्वास्थ्य संस्था हरुमा आवश्यक न्यूनतम योग्यता बिना अनाधिकृत रूपमा अल्ट्रासाउण्ड सेवा प्रवाह भैरहेको व्यापक गुनासाहरु आइरहेको काउन्सिलले जनाइएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्रको कुनै पनि बिषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी मेडिकल काउन्सिलमा विधिवत विशेषज्ञ दर्ता प्रमाणपत्र प्राप्त चिकित्सकहरुलाई मात्र विशेषज्ञ चिकित्सक को रूपमा गणना गरिने र त्यस्तो विषय विज्ञलाई सम्बन्धित विषयको विशेषज्ञ मानी व्यवसायिक सेवा प्रवाह गर्न अनुमति दिइने समेत काउन्सिलले स्पष्ट गरेको छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को दफा २३ अनुसार एक्स-रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रा साउण्ड, लगायत का रेडियोलोजी सेवा तथा सो को रिपोर्टिङ्ग रेडियोलोजिष्ट हरुले मात्र गर्न पाउने व्यबस्था रहेको काउन्सिलले जनाएको छ।

संगै जीवन बचाउने, हातगोडा बचाउने लगायत का आकस्मिक अवस्थाहरु बाहेक अल्ट्रा साउण्ड सेवा रेडियोलोजिष्ट आफैँ वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने विषयमा समेत काउन्सिल प्रष्ट रहेको विज्ञप्ति मा उल्लेख छ ।

यस्तै आफ्नो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्था बाट कम्तीमा ३ महिना को अल्ट्रासाउण्ड तालिम प्राप्त मेडिकल काउन्सिलको दर्ता वाला स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा जनरल प्राक्टिस / इमरजेन्सी मेडिसिन विशेषज्ञले अल्ट्रा साउण्ड को प्रयोग गर्न पाउने समेत काउन्सिल ले उल्लेख गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!