राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व फेरबदल, निर्देशकमा पुनः डा. रुना झा, कोशी अस्पताल प्रमुखमा डा. राम नारायण चौधरी
काठमाडौँ- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशकमा डा. रुना झा नियुक्त भएकी छन्। स्वास्थ्य मन्त्री डा. सुधा शर्माको मन्त्रीस्तरीय निर्णय अनुसार आइतबार डा. झालाई उक्त जिम्मेवारी दिइएको हो।
उनले चिकित्सा शास्त्रमा एमविविएस र एमडी गर्नुका साथै रक्त विज्ञान (हेमाटोलोजी) मा फेलोशिप हासिल गरेकी छिन । उपचार पद्धति सँगै स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउन उनले स्वास्थ्य सेवा व्यवस्थापनमा स्नातकोत्तर (एमएचसीएम) समेत गरेकी छिन ।
यस अघि डा. झा कोशी अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिइन्। उनी काठमाडौँ सरुवा भए पछि कोशी अस्पतालमा प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन (११औँ तह) डा. राम नारायण चौधरीलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी तोकिएको छ।
हाल सम्म प्रयोगशालाको निर्देशक रहेका डा. रञ्जनराज भट्टलाई भने आफ्नै दरबन्दी अनुसार सोही प्रयोगशालामा कार्यरत राखिने निर्णय भएको छ।
डा. झा यसअघि पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी सम्हालि सकेकी छिन्।

प्रतिक्रिया दिनुहोस