मेडिकल काउन्सिल उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा सहित सदस्यमा आठ डाक्टर निर्वाचित


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन्। उनी सहित आठ जना सदस्य पनि निर्वाचित भएका छन्।

२०८२–८६ कार्यकालका लागि भएको निर्वाचनमा डा. शेर्पाले ५ हजार ३ सय २४ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी डा.गुरुशरण शाहले ४ हजार ३ सय ५० र डा.अजय सिंह थापाले १ हजार ८ सय ४४ मत प्राप्त गरेका छन्।

सदस्य पदमा डा. अस्मिता पोख्रेल, डा. छविलाल पन्थी, डा. दिपेन्द्र पाण्डे, डा. निना राई, डा. रविन बस्नेत, डा. सम्राट पराजुली, डा. सारिका गोइत र डा. योभिन कुमार यादव निर्वाचित भएको काउन्सिलका रजिस्ट्रार डा. सतिश देवले बताए ।

निर्वाचनमा डा. छविलाल पन्थीले ४ हजार ८ सय ५७, डा. सारिका गोइतले ४ हजार ४ सय ७९, डा. दिपेन्द्र पाण्डेले ४ हजार १५, डा. योभिन कुमार यादवले ३ हजार ६ सय २८, डा. सम्राट पराजुलीले ३ हजार २ सय ८२, डा. अस्मिता पोख्रेलले ३ हजार ४ सय ४, डा. निना राईले ३ हजार १ सय ११ र डा. रविन बस्नेतले ३ हजार ७२ मत प्राप्त गरेका छन्।

निर्वाचनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९ सय २२ मत खसेको काउन्सिलले जनाएको छ। जस मध्ये उपत्यकामा ५ हजार ७६ र उपत्यका बाहिर ६ हजार ८ सय ४६ मत खसेका थिए।

यस अघिको कार्यकाल (२०७८–८२) का काउन्सिल सदस्यहरूको पदावधि पुस १ गते समाप्त भएको थियो। नयाँ कार्यकालका लागि एक उपाध्यक्ष र आठ सदस्य चयन गर्न उपत्यका बाहिर पुस ४ र ५ तथा उपत्यकामा पुस ११ र १२ गते मतदान भएको थियो। मतदान प्रक्रियामा नेपाल मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सकहरूले सहभागिता जनाएका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!