‘डाक्टरलाई नेपालमा उत्पादित औषधि सहज रुपमै प्रस्तावित गर्ने आत्मविश्वास निर्माण आवश्यक’


काठमाडौँ -विशेषज्ञ हरूले डाक्टर लाई नेपाल मा उत्पादित औषधि सहज रुपमै प्रस्तावित गर्ने आत्म विश्वास निर्माण गर्नुपर्ने आवश्यता औंल्याएका छन् । नेपाल मेडिकल काउन्सिल का अध्यक्ष प्रा. डा. भगवान कोइराला ले चिकित्सक हरुलाई मुलुकमा उत्पादित औषधि सहज रुपमै प्रस्तावित गर्ने आत्मविश्वास निर्माण गर्नु पर्ने अवस्था कायम गर्नुपर्ने बताएका हुन। उनले यसको लागी एउटा मार्ग चित्र पनि प्रस्तुतगरे ।

नेपाल औषधी उत्पादक संघ ( एपोन ) को २८ औं वार्षिक साधारणसभा मा बोल्दै डा. कोइराला ले उक्त कुरा बताएका हुन । ‘नेपालमा उत्पादित औषधिको मांग श्रृजना गर्न आत्मविश्वास पनि सिर्जना गर्नु पर्यो, चिकित्सकहरूको अथवा लेख्ने हरुको ‘, डा.कोइरालाले भने – ‘जव सम्म माँग श्रृजना हुदैन धेरै उत्पादनमा लान गार्हो हुन्छ ।टिकाउन गार्हो हुन्छ । यसको लागि ‘क्वालिटि इज कमन डिनोमिनेटर’।’

धारणामा समेत गुणस्तरको चक्कर छ, भ्रम पनि सिर्जना रहेको औल्याउँदै कोइरालाले भने – ‘नेपाली (औषधि) काम लाग्दैन उतै उतैको काम लाग्छ भन्ने पनि छ । यो चिज उत्पादकले भनेर की हाम्रो राम्रो छ आफैले आफैलाइ छाप लगाएर हुने रहेनछ ।’

नेपालमा उद्योग दर्ता भए पछि इम्पोर्ट लाइसेन्स पाए पछि गुणस्तरीय रहेको कुरा नेपालका नियामक हरुले कायदा साथ प्रमाणिकरण गर्न सक्नु पर्ने समेत उनले जनाए । डा कोइरालाले औषधिको गुणस्तर प्रमाणित गर्न सक्ने खालको क्षमता नेपालक नियामक हरुमा वृद्घि गर्नु पर्ने आवश्यकता समेत औल्याए ।

‘औषधी प्रयोगशाला,वायो प्रेभिलेन्सी अहिले सम्म मुलुकमा स्थापित भएको छैन केहि प्रकृया शुरु भएको ३–४ वर्ष अगाडी नै हो’, डा. कोइरालाले भने । डा कोइरालाले अगाडी थपे – ‘हाम्रो आफनै सरकारी अडडा नियमणकारी निकायको क्षमता बृद्घि गरेर गुणस्तर स्थापित गरि दिनु पर्ने भरपर्दो र पारदर्शी संयन्त्र हुदो हो भने माग सर्लक्क बढछ ।’ उनको अनुसार यस्तो अवस्था आए पछि डाक्टरहरु नेपाल मा उत्पादीत औषधि प्रस्तावित गर्न त्यतिकै सहज रुपमा रुचाउछन । त्यसपछि त्यो मागले सहज रुपमा औषधी उद्योग लाइ सपोर्ट गर्छ र लगानी बढछ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका सचिव डा . रोशन पोखरेलले प्रश्न गरे – ‘हामी कति नेपाली औषधि प्रस्तावित गर्न सकेका छौं, अझैपनि हामी किन ‘कन्फिडेन्स विल्ड ‘ गर्न सकेका छैनौ ।’ स्वास्थ्य सचिव डा.पोखरेलले औषधी प्रेस क्राइवर ( प्रस्ताव गर्ने व्यक्ति )को आत्म विश्वास कसरी जित्ने तर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

एपोनका महासचिव विप्लव अधिकारीले बजारमा भएको ७५ प्रतिशत औषधी नेपालमै उत्पादन गर्न औषधि उद्योगहरु सक्षम रहेको बताए । नेपाल को औषधि बजारमा भ्याक्सीन बाहेक भारतीय उत्पादन ५० प्रतिशत, नेपाली ४५ प्रतिशत र अन्य को ५ प्रतिशत बजार हिस्सा रहेको छ ।

अधिकारीका अनुसार सरकारले सित्तैमा बाडने करिब ९० प्रतिशत र सम्पूर्ण औषधीको ७५ प्रतिशत औषधी उत्पादन गर्नसक्ने अवस्था विद्यमान रहेपनि सरकारी उदासिनताले नेपाली औषधि उद्योग बजारको ४५ प्रतिशत हिस्सामा खुम्चिनु परेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!