सुत्केरी पछि अत्यधिक रक्तश्राव

विश्वका आधुनिक सात आश्चर्यहरु मध्ये एक ताजमहलको दृश्यपान गर्दा जुन अलौकिक आनन्द प्राप्त हुन्छ, यसको निर्माणको कारण खोतल्ने हो भने प्रसुती रोग विशेषज्ञहरुको मात्र होइन अन्यको मन पनि अमिलो हुन्छ । अकालमा देहान्त भएकी आफ्ना बेगम मुमताजको सम्झनामा शाहजहाले ताजमहल बनाउन लगाएका थिए । मुमताजको मृत्यु सुत्केरी पश्चात अत्याधिक रक्तश्रावबाट भएको थियो ।


विश्वका आधुनिक सात आश्चर्यहरु मध्ये एक ताजमहलको दृश्यपान गर्दा जुन अलौकिक आनन्द प्राप्त हुन्छ, यसको निर्माणको कारण खोतल्ने हो भने प्रसुती रोग विशेषज्ञहरुको मात्र होइन अन्यको मन पनि अमिलो हुन्छ ।

अकालमा देहान्त भएकी आफ्ना बेगम मुमताजको सम्झनामा शाहजहाले ताजमहल बनाउन लगाएका थिए । मुमताजको मृत्यु सुत्केरी पश्चात अत्याधिक रक्तश्रावबाट भएको थियो भन्ने जानकारी धेरैलाई नहुन सक्छ ।

सुत्केरी व्यथाका चार चरणहरु मध्ये तेश्रो चरण आमाको लागि निकै महत्वपूर्ण हुन्छ । प्रथम र दोश्रो चरणमा कुनै अनपेक्षित घटना नभएफनि तेश्रो चरणमा अत्याधिक रक्तश्राव हुने, साल (काडा) अड्किने, धेरै रगत बग्नाले बेहोश हुने, छातीमा रत्तनली थुनिने तथा कहिलेकाहीं पाठेघर उल्टिने जस्ता जटिलताहरुका कारण सम्बन्धित विशेषज्ञको मेहनत पनि खेर जान सक्दछ ।

सैद्धान्तिक रुपमा योनीद्धारबाट बच्चा जन्मिदा ५०० मिलि भन्दा बढ्ता र सिजेरियन शल्यक्रिया द्धारा बच्चा निकाल्दा १००० मिलि भन्दा बढ्ता रगत बग्ने समस्यालाई सुत्केरी पश्चात अत्याधिक रक्तश्राव (पोष्ट पार्टम हेमरेज) मानिन्छ ।

तर व्यवहारिक परिभाषामा बच्चा जन्मिए लगतै स्त्री जनेन्द्रियमा वा बाट सुत्केरी महिलाको स्वास्थ्य स्थितिका नकारात्मक असर पर्ने ( प्रमाण स्वरुप नाडीको गति छिटो हुने तथा रक्तचाप घट्ने ) गरि भएको जतिसुकै परिमाणको रक्तश्रावलाई पनि अधिक मानिन्छ ।

नेपालको परिप्रेक्ष्यमा घरमै सुत्केरी हुने प्रचलन अझै व्याप्त छ । त्यसैले यसको समस्या कति छ भन्ने लेखाजोखा राख्न गाह्रो छ अत अस्पतालमा सुत्केरी हुने तथा सुत्केरी व्यथा दौरान जटिल अवस्थाका कारण अस्पताल ल्याई पुर्‍याउने सुत्केरी महिलाहरु मध्ये २ प्रतिशतमा अधिक रक्तश्रावको समस्या पाइएको छ ।

विकसित देशहरुको दााजोमा नेपालमा मातृ मृत्युदर (गर्भवती तथा सुत्केरीका कारण अकालमा हुने महिलाहरुको मृत्युदर) को संख्या अझै धेरै छ जबकि विकसित देशहरुमा यो अंक दोहोरो अंकमा पनि छैन । नेपालमा मातृमृत्युदर बढी हुनाका कारणहरु मध्ये सुत्केरी पश्चात अत्याधिक रक्तश्राव हुनु प्रमुख कारण हो ।

नेपालको सन्दर्भमा पनि राजधानी एवं शहरी महिलाहरु र दुर्गम, विकट गाउाका महिलाहरु बीचको मातृ मृत्युदरमा निकै असमानता छ । छोरा नै पाउन धेरै बच्चा पाउने, जन्मान्तर नराखी खुरुखुरु बच्चा पाउने, स्वास्थ्य सेवा सुलभ भएका ठाउामा पनि गर्भवती जााच नगराउने, रगत बढ्ने औषधि तथा खानेकुरा नखाने चलन पिछडिएका, दलित तथा निरक्षर जमातमा अझै व्याप्त छ । उनीहरुलाई लक्षित गरि स्वास्थ्य चेतना तथा सेवा कार्यक्रम नचलाएसम्म मातृ मृत्युदर बीचको उक्त खाल्डो पुर्न गाह्रो छ ।

सुत्केरी पश्चात पाठेघर खुम्चिन सकेन, पाठेघर वा योनीमार्गमा चोट लाग्यो (च्यातियो) वा रगत जम्ने प्रक्रियामा कुनै खराबी उत्पन्न भयो भने अनपेक्षित रुपमा सुत्केरी पश्चात अत्याधिक रक्तश्राव हुन सक्छ ।

सुत्केरी पश्चात हुने अत्याधिक रक्तश्रावको कारणहरु मध्ये करीब ८० प्रतिशत महिलामा पाठेघर खुम्चिन नसक्नाले हो । चार भन्दा बढी बच्चा पाइसकेका, जुम्ल्याहा बच्चा पाएका, बढी वजन भएका बच्चा पाएका, गर्भावस्थामा बच्चा वरिपरि बढ्ता पानी भएका, कुपोषित वा रक्तअल्पता भएका, गर्भावस्थाको तेश्रो क्रैमासिक तिर रत्तश्राव भएका, लामो तथा कष्टपूर्ण व्यथा भएका, गर्भावस्थाको निर्धारित समयमा सुत्केरी हुन नसकेर व्यथा शुरु गर्न औषधि दिनु परेका, सुत्केरी व्यथाको तेश्रो चरण राम्ररी व्यवस्थापन नगरिएका महिलामा बच्चा पाएको लगतै पाठेघर राम्ररी खुम्चिन नसकेर अधिक रक्तश्राव हुन्छ ।

त्यसैगरि पहिलो चोटी बच्चा पाउन लागेका महिलालाई सुत्केरी व्यथाको दोश्रो चरणमा सहज बच्चा पाउन योनीेमार्गमा बनाउनुपर्ने घाउ (इपिजिओटोमी) समयमै नबनाएमा योनीद्धार च्याटिन सक्छ । त्यसैगरि फोरसेप वा भ्याकुम जस्ता औजार प्रयोग गरि बच्चा निकाल्नु अघि पनि यथेष्ट मात्रामा इपिजिओटोमी दिएन भने पनि यस्तै जटिलता उत्पन्न सक्छ । बच्चा ठूलो छदा र सुत्केरी व्यथाको दोश्रो चरणको अन्त्यतिर योनीद्धार र मलद्धारको बीचको भागमा राम्रोसंग टेवा दिएन भने पनि योनीद्धार धेरै च्याटिन सक्छ । करीब २० प्रतिशत महिलामा यस्तै किसिमको जटिलताको कारणले सुत्केरी पश्चात रक्तश्राव अत्याधिक हुन्छ ।

रगतमा अन्तर्निहित खराबी (रगत नजम्ने वा धेरै बेर बगिरहने समस्या) भएका महिलाहरुको संख्या चाहिं नगण्य छ । सुत्केरी व्यथा पूर्व नै पाठेघरबाट साल छुट्टियो, गर्भावस्थामा जण्डिस देखा पर्‍यो, बच्चा पेट भित्र मर्‍यो, रगतमा प्लेटलेट्सको संख्या निकै कमी भयो भने रगत धेरै बग्ने समस्या हुन्छ ।

सामान्यतया बच्चा जन्मिएको ३० मिनेट सम्ममा बच्चाको साथी साल (काडा) पनि पाठेघरबाट बाहिरिनु पर्दछ । धेरै बच्चा पाइसकेका, गर्भावस्थामा पेट अनपेक्षित रुपमा ठूलो भएका, लामो व्यथा लागेका, पाठेघरको बनावटमा जन्मजात खराबी भएका तथा ठूलो साल (सुत्केरी महिलामा मधुमेह, निगेटिझ रक्तसमूह, रत्तअल्पता वा जुम्ल्याहा बच्चा बोकेका कारण) भएकामा साल अड्किने सम्भावना बढी हुन्छ ।

त्यसैगरि पहिले पटक पटक गर्भ तुहिएका/तुहाएका, पाठेघर सफा (क्युरेट) गराएका, सिजेरियन गरि बच्चा पाएका तथा पाठेघरमा अन्य कुनै शल्यक्रिया गरेकामा साल टाासिने खतरा हुन्छ । साल अड्कियो वा समयमै निकालेन भने पनि पाठेघर राम्ररी खुम्चिन नसक्ने हुनाले अधिक रक्तश्राव हुन्छ ।

जुनसुकै कारणले सुत्केरी पश्चात रक्तश्राव अत्याधिक भएपनि तुरुन्तै गर्नुपर्ने उफचारको क्रममा सहयोग गर्ने व्यत्तिहरु बेलाउने, ठूलो प्वाल भएको सूई प्रयोग गरि सलाइन चलाउन थाल्ने, सुत्केरी महिलाको रक्त समूह अनुसार कम्तिमा दुई पोका रगत क्रसम्याच गरि ल्याउनको लागि भन्ने तर त्यतिन्जेल सलाइन पानी दिइ राख्ने गर्नु पर्दछ ।

धेरैजसो पाठेघर नखुम्चिनाले अधिक रक्तश्राव हुने हुनाले माथि उल्लेखित तुरुन्तै गर्नुपर्ने उपचारहरु पछि क्याथेटर (रबरको नली) प्रयोग गरेर मुत्रथैली खाली गर्ने, पाठेघर मसाज गर्न थाल्ने, पाठेघर खुम्चिन मद्दत गर्ने औषधिहरु (अक्सिटोसिन, मेथर्जिन, कार्बोप्रोस्ट, मिजोप्रोस्टोल ) दिने गर्नु पर्दछ ।

अझैपनि पाठेघर खुकुलो छ भने ‘युटराइन वेलुन टेम्पोनेड वा कोन्डोम क्याथेटर इन युटरस’, राख्न सकिन्छ । यति गर्दा पनि रक्तश्राव रोकिएन भने पाठेघरमा रगत सप्लाई गर्ने धमनी, त्यसपछि डिम्वाशयमा रगत सप्लाई गर्ने धमनी, स्त्री जनेन्द्रियको माथिल्लो भागमा रगत सप्लाई गर्ने धमनी बााध्ने, रक्तनली थुन्ने, पाठेघरलाई कसिलो तरिकाले बाध्ने जस्ता शल्यक्रिया गर्नुपर्दछ । यतिले पनि भएन भने आकस्मिक रुपमा पाठेघर निकाल्ने अपरेशन गर्नुपर्ने हुन्छ ।

तर सुत्केरी पश्चात रक्तश्राव अत्याधिक भएकी महिलामा पाठेघर नरिवल जस्तो कडा हुनेगरि डल्लो र खुम्चिएको छ, योनीद्धारबाट ताजा आलै रगत बगिरहेको छ भने योनीमार्ग वा पाठेघरको मुखमा कतै चोट पुगी रगत बगेको हुनसक्छ । चहकिलो प्रकाश र सहयोगीको मद्धतले कहााबाट रगत बगिरहेको छ पक्ता लगाई बगिरहेको रत्तनली बााध्ने तथा च्यातिएको वा काटिएको भाग मिलाएर सिलाउनु पर्दछ ।

यदि सुत्केरी पछि साल अड्केर रगत अधिक मात्रामा बगेको भए विरामीलाई तुरुन्तै सलाइन पानी दिने, रगतको बन्दोबस्त गर्ने, पिसाबको थैली खाली गर्ने गरेपछि उचित तवरले साल निकाल्नु पर्दछ ।

रोकथामको लागि गर्भावस्थामा हेमोग्लोबिनको मात्रा बढाउने (१० ग्राम प्रतिशत भन्दा बढी), रक्तअल्पता हुन नदिने, जुकाको औषधि एक मात्रा खुवाउने, आइरनयुक्त खानेकुरा (हरियो सागपात, फापर, सिस्नु, गोलभेंडा, फलफूल आदि) तथा आइरन चक्की नियमित खान सल्लाह दिनु पर्दछ ।

सुत्केरी पश्चात अत्याधिक रक्तश्राव हुन सक्ने जोखिम भएका महिलाहरु (जुम्ल्याहा बच्चा बोकेका, अनपेक्षित रुपमा पेट ठूलो भएका, धेरै बच्चा पाइसकेका, सुत्केरी पूर्व रक्तश्राव भएका, पहिलेको गर्भमा रगत बगेका, कडा रक्तअल्पता भएकी महिला) समयमै पक्ता लगाई तिनीहरुलाई सुविधायुत्त अस्पतालमा मात्र सुत्केरी गराउन जोड दिनु पर्दछ । यस्ता खाले महिलाको रगत कुन समूहको हो थाहा पाई राख्नुपर्दछ । सुत्केरी दौरान अनुभवी प्रसुती रोग विशेषज्ञको निगरानीमा उचित तरिकाले सुत्केरी व्यथाको व्यवस्थापन गर्नु पर्दछ ।

(डा.दंगाल काठमाडौं मोडेल अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतका प्रसुती तथा स्त्री रोग विषयका प्राध्यापक हुन ।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!