विश्व धूम्रपान रहित दिवस

स्वाद र सुगन्ध युक्त चुरोट, हुक्का र निकोटिन पाउचमा तुरुन्त प्रतिबन्ध लगाउन डब्लुएचओको आह्वान


जेनेभा – विश्व धूम्रपान रहित दिवसको अवसरमा, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वाद र सुगन्ध युक्त धूम्रपान तथा निकोटिन युक्त उत्पादनहरू माथि तत्काल प्रतिबन्ध लगाउन आह्वान गरेको छ।

डब्लुएचओले विज्ञप्ति जारी गर्दै चुरोट, निकोटिन पाउच, हुक्का, ई-सिगरेट लगायतका उत्पादनहरूमा प्रयोग हुने मिठास युक्त स्वाद र सुगन्ध –  जस्तै मेन्थोल, बबलगम र कटन क्यान्डी जस्ता स्वाद गन्ध – ले युवाहरूलाई आकर्षित गरी उनीहरूमा लत बसाइरहेको जनाएको छ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयससले भने, ‘स्वाद र सुगन्ध हरूले लतको नयाँ लहर निम्त्याइरहेका छन्। यिनले तम्बाकू नियन्त्रणमा दशकमै भएको प्रगति खेर जाने खतरा बनाएको छ। यदि तुरुन्त कारबाही गरिएन भने हरेक वर्ष करिब ८० लाख मानिसको ज्यान लिने तम्बाकू महामारी अझ बढ्न सक्छ।’

डब्लुएचओको नयाँ प्रकाशन ‘फ्लेभर एक्सेसरिज इन टोबेको प्रोडक्ट्स इनहान्स एट्रेक्टिभनेस एन्ड एपिल’ मा स्वादजन्य सामग्री तथा फिल्टरहरू युवा पुस्तालाई आकर्षित गर्ने रणनीतिको रूपमा प्रयोग गरिएको खुलासा गरिएको छ।

हाल विश्वका ५० भन्दा बढी देशले स्वादयुक्त तमाखु माथि प्रतिबन्ध लगाएका छन् भने ४० भन्दा बढी देशले ई-सिगरेट बिक्रीमा रोक लगाएका छन्। यद्यपि स्वादजन्य पूरक सामग्रीहरू अझै धेरै देशमा नियमन बाहिर छन्।

‘हामी एउटा पुस्तालाई चिल्लो बियरको स्वाद भएका पाउचहरू र इन्द्रेणी रंगका भेपहरू मार्फत निकोटिनमा फसिरहेको देखिरहेका छौं,’ डब्लुएचओ स्वास्थ्य प्रवर्द्धनका निर्देशक डा. रुडिगर क्रेचले भने – ‘यो नवीनता होइन, यो हेरफेर हो। र हामीले यसलाई रोक्नै पर्छ।’

डब्लुएचओले स्मरण गराएको छ कि सबै प्रकारका तम्बाकू जन्य पदार्थहरू, चाहे परम्परागत चुरोट होस् वा आधुनिक हीटेड तमाखु,  मा क्यान्सर गराउने रसायन पाइन्छ र तिनीहरूलाई कडा नियमन गर्न आवश्यक छ।

संगठनले तम्बाकू उद्योगको हस्तक्षेप विरुद्ध आवाज उठाउने सरकार, नागरिक समाज र युवाहरूको प्रयासलाई सम्मान गर्दै २०२५ को विश्व धूम्रपान रहित दिवस मनाइरहेको छ।

विश्व स्वास्थ्य संगठनको निष्कर्ष छ, स्वाद सुगन्ध र तिनलाई प्रवर्द्धन गर्ने उद्योगहरूले स्वस्थ भविष्यमा स्थान पाउन सक्दैनन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!