रोग मुक्ति दिलाउन सहयोगी सजिउन अर्थात् मुनगा


सजिउन जसलाई मधेसमा मुनगा वा सहजन र अङ्ग्रेजीमा मोरिंगा भनिन्छ, यसलाई चमत्कारी वृक्षको श्रेणीमा राख्न सकिन्छ । आयुर्वेदमा यसलाई ३०० रोग को उपचारमा उपयोग गरिन्छ ।

यो ‘अल इन वन हर्ब’, अर्थात एउटै मा मा सबै कुरा समाहित जडी– बुटी हो । सजिउनको रूख एन्टिबायोटिक , एनाल्जेसिक , एन्टिअक्सिडेन्ट , एन्टी इम्फ्लामेट्रि , एन्टी क्यान्सर , एन्टी डाइबेटिक , एन्टी भाइरल , एन्टी फंगल, र एन्टी एजिङ्गको रूपमा काम गर्छ ।

यसको रुखको फुल पात फल लगायतका सबै थोक उपयोगी मानिन्छ । यसको बोटको उचाइ १० मिटर सम्म हुन्छ । यसको निरन्तर उपयोगले अन्धो पना नियन्त्रण लगायतका थुप्रै फायदा पुग्न सक्छ ।

भारतको उत्तर प्रदेश स्थित रिजनल फुड रिसर्च एनालसिस सेन्टर, लखनउ द्वारा गरिएको अनुसन्धान अनुसार प्राकृतिक गुणले परिपूर्ण सजिउनमा यति औषधीय गुण छ की यसको कुनै पनि रूपमा सेवनले थुप्रै रोगबाट मुक्ति दिलाउन सहयोगी हुन्छ ।

सेन्टरको अनुसन्धान अनुसार यसमा भिटामिन ए र वि कम्प्लेक्स बढी मात्रामा हुनुको सँगै भिटामिन सि समेत पाइन्छ । यो तीनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृतिक खाद्य पदार्थ छन् । यस्तै यसमा भिटामिन, फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फस्फोरस एवं खनिज तत्व प्रचुर मात्रामा हुन्छ ।

सजिउनमा दूधको दाँजोमा ४ गुणा क्याल्सियम र दोब्बर प्रोटिन पाइन्छ । यसको पातमा सुन्तलाको दाँजोमा ७ गुणा भिटामिन सि र केरा को दाँजोमा १५ गुणा बढी पोटासियम पाइन्छ । यसमा भएका तत्त्वहरू शरीरमा पोषण प्रदान गर्छ । सजिउनले रक्त अल्पता र आँखाको रोगबाट मुक्ति पाउन सकिने सेन्टरको अनुसन्धानमा उल्लेख छ ।

यस्तै भारतको राष्ट्रिय कृषि अनुसन्धान परिषदको अनुसार सजिउन हेमोग्लोबिन बढाउन मा सहायक र एन्टिबायोटिकको गुणले युक्त हुन्छ । मुख्यतया पेट सम्बन्धी सवै प्रकारको विकारको लागि सजिउन धेरै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो समेत बनाउँछ ।

कपाल झर्न लाग्दा सजिउनको सेवनले समस्याबाट मुक्ति पाइन्छ । यसलाई खादा आँखाको ज्योति बढ्छ । यसको सेवनले भिटामिन ए को कमीले हुने रतन्धो रोग लाग्दैन ।

गठिया र मोटो पनाले पीडितहरूको लागि त यो अमृत जस्तै छ । यो वायु नाशक समेत हो । यसैले गर्दा सजिउन खानाले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटो पना कम हुन्छ, गठिया निको हुन्छ, । यो दर्द निवारकको काम समेत गर्छ । यसले सुन्निएको कम गर्छ । सजिउनलाई वीर्य वर्धक समेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताका उपचारमा समेत प्रभावकारी मानेको छ ।

आयुर्वेदको थुप्रै औषधि तयार गर्नमा सजिउनको जरो, छाला, फुल, बीउ र फलको उपयोग गरिन्छ । भारत सरकार को नेशनल मेडिसिनल प्लान्टस वोर्डको अनुसार सजिउन पात को चूर्ण लेएन्टि अक्सिडेन्ट गुण ले परिपूर्ण हुन्छ र क्यान्सरको उपचारमा लाभकारी मानिन्छ ।
यति मात्र नभइ एक चिम्टि हींग सँगै सजिउन पात को रस पेट दुखाइमा समेत उपयोगी मानिन्छ ।

सजिऊन रुखको को बोक्रा खराब रक्त सञ्चार, भोक बढाउन र पाचन क्रिया बढाउन समेत लीन सकिन्छ । यसको जरो को बोक्राको चूर्ण नुन सँग लेप बनाएर लगाइनाले जोर्नीको दुखाइ र गठिया मा आराम मिल्छ । पातको चूर्ण मह सँग मिलाएर तातो पानी सँग लीना ले जण्डीस र पखालामा आराम मिल्छ ।

आयुर्वेदको अनुसार सजिउन न्यानो मानिन्छ । यसैले जसलाइ गर्मीको समस्या छ (एसिडिटी, ब्लिडिङ्ग, पाइल्स, महिनावारीमा बढी रगत जानु, , डन्डीफोर ) उनीहरूलाई यसको नियन्त्रणमा रहेर सावधानी संग उपयोग गर्नु पर्छ ।
के गर्छ सजिउन ले ?

  • यो हेमोग्लोविन लाइ राम्रो वनाउनमा सघाउँछ
  • रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्छ
  • मिर्गौला र कलेजो लाइ डिटक्सिफाइ गर्छ
  • रगत शुद्ध गर्छ , छाला को रोग निको पार्छ
  • तौल घटाउन सघाउँछ
  • मेटावोलिज्म मा सुधार ल्याउँछ
  • चिनीको स्तर नियन्त्रित गर्छ
  • तनाव , चिन्ता लाइ कम गर्छ
  • थाइराइडको कार्यप्रणालीमा सुधार ल्याउँछ
  • आमा हरुको स्तनमा दूध को उत्पादन बढाउँछ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!