‘भिण्डी:भिटामिन, फाइबर,एन्टी अक्सिडेन्ट र खनिजको राम्रो स्रोत’


भिण्डी/रामतोरियाँलाई मन नपराउने कमै होला । यो शरीरको लागि शक्ति को खजाना हो। भिण्डीमा फेक्टोस हुनाले यो क्षारीय हुन्छ र जिलेटिनको कारणले एसिडिटी, अपचको शिकार भएका हरू लाई फायदा गर्छ ।

जुन मानिसहरूलाई पिसाब सम्बन्धित समस्याहरू हुन्छ, उनीहरूलाई डाक्टर खास गरी भिण्डी खान सल्लाह दिन्छन्।

भिण्डी स्वास्थ्य र पोषण दुवै को लागी महत्वपुर्ण तरकारी हो । यो भिटामिन, फाइबर,एन्टीअक्सिडेन्ट एवम् खनिजको राम्रो स्रोत समेत हो। भिण्डीमा क्याल्सियम,पोटेसियम, मेग्नेसियम,फास्फोरस, आयरन जस्तो मिनरल्स प्रशस्त मात्रामा पाइन्छ।

भिण्डीको फाइदाहरू

  • भिण्डीमा भिटामिन ए,बी,सी धेरै नै प्रचुर मात्रामा पाइन्छ । यो प्रोटिन र खनिज लवणहरूको एउटा राम्रो स्रोत हो।
  • भिण्डी ग्यास्टिक, अल्सरका लागि प्रभावी औषधी हो।
  • मृदु कारी भिण्डी संवेदनशील ठूलो आन्द्राको सतहलाई रक्षा गर्छ। जसले ऐँठन रोक्छ। । यसको सेवनले आन्द्रा पोल्दैन ।
  • भिण्डीको काँढा खानाले सुजाक, मूत्रकृच्छ, र ल्युकोरियामा फाइदा हुन्छ ।
  • विउ रहित ताजा दुइटा भिण्डी प्रतिदिन खानाले श्वेतप्रदर, नपुंसकता, धातुरोक्नमा सहायक हुन्छ
  • यसमा उपलब्ध भिटामिन बी,गर्भलाई बढाउनका मदद गर्छ र जन्मजात विकृतिहरूलाई रोक्छ।
  • मधुमेहमा यसको रेशाले ब्लड सुगरलाई नियन्त्रित गर्छ।
  • यसमा भएको भिटामिन सी ले श्वास रोगहरूबाट बचाउँछ।
  • यसको सेवनले छाला, अनुहार राम्रो देखिन्छ । भिन्डीलाई उमालेर, मिचेर यसलाई छालामा केही बेर लगाई राख्ने, धोएपछि तपाई छाला धेरै मुलायम र नरम भएको पाउनु हुन्छ।
  • यसको सेवनले कोलोन क्यान्सरबाट बचाउँछ। यसको भिटामिन ए म्युकस मेम्ब्रेन बनाउनमा मदद गर्छ,जसने पाचन क्रिया राम्रो गर्छ।
  • यसको नियमित सेवनले मृगौलाको स्वास्थ्यमा सुधार हुन्छ।
  • यसले मोटापालाई टाढा राख्छ, धेरैपल्ट शरीरमा भिटामिन हरुको कमीले धेरै खाने मन हुन्छ। यसकारण भिन्डीमा उपलब्ध भिटामिन त्यसको कमीलाई दूरगरी अनावश्यक भोकलाई मेटाउँछ
  • यसको भिटामिनले हड्डीहरूलाई बलियो बनाउँछ, यसले रगतको कमीलाई पनि हटाउछ ।
  • यसले कोलेस्टेरोललाई कम गर्छ।
  • यसको भिटामिनले आँखा, कपाल र रोग प्रतिरोधक प्रणाली लाई दरो बनाउँछ।
  • यसले गर्मीबाट जोगाउँछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!