‘५७वर्षीय पुरुषको मलद्वारमा अड्किएको धातुको विषादी बाेतल एक महिना पछि शल्यक्रिया गरि निकालियो’


काठमाडौं– गण्डकी प्रदेश को गोरखा अस्पतालमा एक पुरुषको मलद्वारमा अड्किएको धातुको विषादीको बोतल शल्यक्रिया गरेर निकालिएको छ । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा एक महिना देखि अडकी रहेको बोतल चिकित्सकीय सहयोगबाट आइतवार विशेष शल्यक्रियाको माध्यमले निकालिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सिद्धार्थ खनाल ती व्यक्तिको मलद्वार मा एक महिना देखि अल्मुनियम फस्फेट कीटनाशक को धातुको बोतल अड्किरहेको नेपालहेल्थप्रेसलाई बताए ।

गत आइतवार बिहान करिब १० बजे गोरखा अस्पताल पुगेका ती बिरामी को आकस्मिक शल्यक्रिया साँझ ५ बजे तिर शुरु भएको थियो । आइतवार राती ८ बजेर २० मिनेटमा शल्यक्रिया सम्पन्न भएको थियो ।

‘शल्यक्रिया पूर्ण सफल भयो, हाल बिरामी आइसीयुमा स्वास्थ्य लाभ गरिरहेका छन’, डा.खनालले अगाडि थपे –‘उहाँको स्थिति अलि गम्भीर भए पछि अस्पताल ल्याइएको थियो । यहाँ आउँदा सेप्सिस भएर संक्रमण फैलि सकेको थियो । हामीलाई शल्यक्रिया गरेर बोतल निकाल्न करिब तिन घण्टा लाग्यो ।’

ती बिरामी आर्थिक  रूपमा कमजोर हुनुको साथै अन्य ठूलो केन्द्र जान नसक्ने स्थितिको भएकोले ज्यान जोगाउन आकस्मिक शल्यक्रिया गरिएको हो ।

‘शल्यक्रियाका क्रममा ती बिरामी एक चोटि त कोल्याप्स कै अवस्था मा गइ सकेका थिए तर हाम्रो चिकित्सा टोलीले मिहिनेत साथ उनलाई पुनः फर्काए’, डा.खनालले भने–‘शल्यक्रिया अन्तर्गत हामीले ल्याप्रोस्कोपी विधि पनि उपयोग गर्यौ ।’

मलद्वार वाट निकालिएको उक्त धातु को बोतल १० सेन्टिमिटर लामो र साढे सात सेन्टिमिटर चौडाइ भएको थियो । ती पुरुषको स्वास्थ्य अवस्था आइतवार सुधारोन्मुख रहेको छ । हाल उनको आइसीयु मा राखेर उपचार भइ रहेको छ ।

उक्त शल्यक्रिया टोलीमा शल्य चिकित्सक द्वय डा. जितेन्द्र कुमार सिंह र डा. विश्वराज खड्का, एनेस्थेसियोलोजिस्ट डा. शम्भु अधिकारी, शल्यक्रिया कक्ष सिस्टर सुस्मिता पंगेनी, रुविका गुरुङ , एनेस्थेसिया एसिस्टेन्ट शान्ता अधिकारी लगायतका सरिक रहेका डा.खनालले बताए ।

मलद्वारमा बोतल अड्किने घटना यस अघि समेत रौतहट र कैलालीमा देखिएको छ । तर ऊनीहरूको मलद्वारबाट शल्यक्रिया गरेर मदिरा को बोतल निकालिएको थियो । कसैले ती व्यक्तिहरूको मलद्वारमा रक्सी को बोतल छिराएका थिए ।

सम्भवतः मुलुक मा विषादीको बोतल मलद्वारमा अड्किएर एक महिना पछि शल्यक्रिया गरेर सफलता पूर्वक झिकिएको यो पहिलो घटना हुन सक्ने डा.खनाल बताउँछन्। तर यसबारे थप अध्ययन भने आवश्यक छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!