काँचो गाईको दूधमा पहिलो पटक बर्डफ्लु भेटियो, डब्लूएचओले जारी गर्यो चेतावनी


अमेरिकामा काँचो दूधमा बर्ड फ्लु धेरै बढी मात्रा मा भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो ‘एच५एन१’ भाइरस हो, जुन पहिलो पटक सन् १९९६ मा देखा परेको थियो । सन् २०२० देखि चराहरूमा बर्डफ्लू भाइरसको फैलावट तीव्र गतिमा बढेको छ, जसका कारण विश्व भरका करोडौँ जंगली चरा तथा कुखुरा पालन हुने फर्मको कुखुराहरु मारिएका छन् ।

पाश्चराइज्ड दूध सुरक्षित, के हो पाश्चराइजेसन 

सुपर मार्केटहरूमा बिक्री हुने पाश्चराइज्ड दूध सुरक्षित छ किनभने यो एक विशेष प्रक्रियाबाट जान्छ, जसले हानिकारक बर्डफ्लु लाई मार्छ । यस प्रविधिमा दूधलाई उच्च तापक्रममा तताएर छिट्टै चिसो गरी प्याक गरिन्छ । यस प्रक्रियाले दूधलाई लामो समय सम्म स्वस्थ राख्छ । साथै, यो प्रविधिले स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरियालाई पनि नष्ट गर्छ । यस विधिमा तरल पदार्थलाई तताएर त्यस भित्रका ब्याक्टेरिया, फंगस, भाइरस आदि सूक्ष्मजीव नष्ट गरिन्छ ।

अहिले गाईमा पनि बर्डफ्लु भेटिएको छ

‘एच५एन१’ संक्रमण अहिले बिरालो, मानिस, चमेरो, स्याल, मिन्क्स र पेङ्गुइन जस्ता स्तनधारी जनावरहरूमा पनि (बर्डफ्लु) फैलिएको छ । यस महिनाको सुरुमा गाईमा पनि यसको संक्रमण पाइयो ।

संयुक्त राष्ट्र को एउटा प्रतिवेदन अनुसार टेक्सास, कान्सास, मिशिगन, न्यू मेक्सिको, इडाहो, ओहायो, नर्थ क्यारोलिना र साउथ डकोटा लगायत अमेरिकाका आठ राज्यका डेरी फार्मका जनावरहरूमा ‘एच५एन१’ संक्रमण भेटिएको छ, जसको अनुसन्धान भइरहेको छ ।

टेक्सास मा पहिलो मामिला 

यस महिनाको सुरुमा टेक्सासको डेरी फार्ममा काम गर्ने क्रममा एक व्यक्तिलाई बर्डफ्लु बाट सङ्क्रमण भएको अमेरिकी स्वास्थ्य विभागले जनाएको थियो । उनी अहिले निको भइ सकेका छन् । गाईबाट मानिसमा बर्डफ्लु सरेको यो पहिलो घटना हो ।

अहिलेसम्म बर्डफ्लुको फैलावट 

अहिले सम्मको अध्ययनले यो भाइरस चराबाट गाई, गाईबाट गाई र गाईबाट चरा मा सर्न सक्छ । यसले देखाउँछ कि यो भाइरस फैलिने मार्गहरू पहिले बुझिएको भन्दा फरक हुन सक्छ । अनुसन्धान कर्ताहरूले अमेरिकाका विभिन्न राज्यहरूमा धेरै गाईका बथानहरू यस भाइरसबाट प्रभावित भएको पत्ता लगाएका छन् । साथै संक्रमित गाईको काँचो दूधमा पनि यो भाइरसको ठूलो मात्रा पाइएको छ । तर, यो भाइरस दूधमा कसरी जीवित रहन्छ भन्ने बारेमा अनुसन्धान जारी छ ।

टेक्सास स्वास्थ्य विभागका अनुसार 

दुग्ध फार्ममा बिरामी गाईको दूध फालिन्छ, त्यसैले दूधको व्यावसायिक आपूर्तिमा कुनै असर पर्दैन । पाश्चराइजेशन प्रक्रियाले त्यस्ता चीजहरूलाई सुरक्षित बनाउन मद्दत गर्दछ ।

पछिल्लो दुई दशकमा 

पछिल्लो २० वर्षमा विश्व भर ८८७ जना बर्डफ्लुबाट संक्रमित भएका छन्, जस मध्ये ४६२ जनाको मृत्यु भएको छ । यस रोगबाट जोगिन परेवा, सिगल र हास जस्ता जंगली चराहरूबाट टाढा रहन सल्लाह दिइन्छ ।

बर्डफ्लु को लक्षण 

  • शरीर दुखाइ
  • उच्च ज्वरो
  • धेरै गर्मी अनुभव हुनु
  • काम्नु
  • टाउको दुख्नु
  • पखाला
  • सास फेर्न गाह्रो हुनु
  • खोकी
  • आँखा मा जलन
  • कमजोरी
  • छातीको दुखाइ
  • पेट दुखाइ
  • गिजा र नाकबाट रगत बग्नु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस