अनारले बुढ्यौली हुने प्रकृया मत्थर पार्छ


स्वास्थ्यको दृष्टिले अनार एक महत्वपूर्ण फल हो । यो हरेक प्रकारको रोगमा सेवन गरिन्छ । स्वास्थ्य सम्बन्धी गुण कै कारण यो अमेरिकाको हलिउडमा समेत अत्यन्त लोकप्रिय छ । भनिन्छ यसको नियमित सेवनले बूढो हुने प्रकृया मत्थर हुन्छ ।

अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खादा हाम्रो शरीरलाई करिव ६५ किलो क्यालोरी उर्जा प्राप्त हुन्छ । अनारको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउन समेत गरिन्छ ।

अनारमा गरिएको अध्ययन अनुसार यो रक्त सञ्चार सँग सम्बन्धित रोग सँग जुध्छ । अनार उच्च रक्तचाप घटाउँछ, सुन्निएको वा डढेको मा राहत पुर्याउँछ, गठिया तथा बात रोगको सम्भावना घटाउँछ । यस्तै यसले जोर्नीको दुखाईमा समेत राहत पुर्याउँछ, क्यान्सर रोकथाममा समेत अनार सहयोगी मानिन्छ ।

अनारले शरीरमा बुढापाको गतिलाई मत्थर पार्छ । यसले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व समेत बढाउँछ । अनार बारे दुई सय भन्दा बढी अध्ययन अनुसन्धान समेत भएको छ । इजरायलमा हाईफा विश्वविद्यालयका प्रा.एफ्राईम लास्कीले अनारमा पाइने उपयोगी तत्व शरीरको रोग प्रतिरोधी प्रणालीको रक्षा गर्ने कुरा प्रमाणित गरेका छन । उक्त अध्ययन अनुसार अनारमा पाइने भिटामिन, खनिज तत्व र एन्टि अक्सिडेन्ट अर्थात आक्सिकरण रोधक पदार्थ रुघा खोकी, फ्लुमा प्रत्यक्ष अनुभव गर्न सकिने खालको आराम पुर्याउँछ ।

अनार छाला, स्तन, प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूको पत्रिकाले अनार को रस वृद्धावस्थामा हुने रोग अल्जाईमर को सम्भावनामा समेत कमी ल्याउने कुरा लेखेको छ । अनारमा भएको अत्यधिक मात्रामा आक्सिकरण रोधक पदार्थ(एन्टि आक्सिडेन्ट)ले गर्दा यतिको स्वास्थ्यकर गुण पाइने गरिएको छ । एन्टि अक्सिडेन्ट यस्तो यौगिकलाई भन्छौँ जो शरीरमा ‘मेटावोलिज्म’ क्रियाको समय उत्पन्न हुने तथाकथित ‘फ्रि–रैडिकल्स’, लाई बाधेर अगाडिको रासायनिक क्रियालाई रोक्छ । वैज्ञानिकहरूले पाएका छन की अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तिन देखी चार गुणा बढी पालिफेलोन जस्तो एन्टि अक्सिडेन्ट हुन्छन जो फ्रि–रैडिकल्स लाई बाँध्ने काम गर्छ ।

प्रयोगहरू अनुसार एक वर्ष सम्म अनार सेवन पछि ‘आर्टेरियोस्क्लेरासिस’ अर्थात धमनी सम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशत सम्म घट्यो । यस्तै उच्च रक्तचाप २१ प्रतिशत सम्म तल आयो र हृदय नजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाह तिन महिना मै १७ प्रतिशत सम्म सुधार देखियो । अन्य अध्ययनहरुमा यसले छाती, फोक्सो, छाला, आन्द्रा र प्रोस्टेट क्यान्सर बढने गतिलाइ मत्थर पारेको समेत देखिएको छ । फ्रि रैडिकल्सलाइ बाछेर निश्क्रिय बनाउने अनारको क्षमताको कारण शरीरको बूढो हुने गति समेत मत्थर हुन्छ र रजो निवृत्ति को समय महिलामा हुने समस्या कम हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!