विश्वको प्रत्येक व्यक्ति लाई सन २०२५ सम्म खानु पर्छ ३० प्रतिशत कम नुन, जान्नुस् कसले चलाइरहेछ यो अभियान र यस पछिको कारण


तपाइ हरू ले धेरै जसो सुन्नु भएको होला, बढी नुन खानु हुदैन, यो स्वास्थ्यको लागि राम्रो हुदैन । तर तपाई यो जानेर हैरान हुनु हुनेछ की विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) को अनुसार विश्व मा अधिकांश मृत्यु नुनको सेवन ले नै हुन्छ ।

हालै डब्लुएचओ पहिलो पटक नुन लाई लिएर एउटा रिपोर्ट साझा गरेको छ । यसमा स्पष्ट रूपले भनिएको छ बढी सोडियम (नुन) खानाले मनुष्यलाई कस्तो प्रकारको समस्याहरूको सामना गर्नु पर्न सक्छ । डब्लुएचओ को रिपोर्ट अनुसार विश्व भरीमा यो लक्ष्य निर्धारित गरिएको छ की सन २०२५ सम्म ३० प्रतिशत कम नुन खाने अभियान चलाइने छ ।

बढी नुन खानाले हुने रोगहरू
सोडियम अर्थात् नुन हाम्रो शरीरको लागि सबै भन्दा जरुरी पोषक तत्व मध्ये एक हो । तर यदि यसलाई आवश्यकता भन्दा बढी मात्रामा सेवन गरियोस् भने यो मुटु को रोग, स्ट्रोक र समय अगावै मृत्यु को कारण बन्न सक्छ ।

यसमा कुनै शंका छैन की नुन विनाको खानाको कल्पना समेत गर्न सकिन्न । तर केही व्यक्ति लाई बढी नुन खाने यस्तो बानी हुन्छ की उनीहरू खानामा नुन भए पनि बाहिर वाट समेत तरकारी साग सब्जी मा खाने बेलामा थप नुन हाल्छन् ।

डब्लुएचओ को अनुसार भारत नेपाल जस्तो मुलुकमा एक जना दिन भरमा औसत रूपमा ११ ग्राम नुन खान्छ । यो दिनहुँ ५ ग्राम भन्दा कम नुन सेवन गर्नु पर्ने तय मात्राको दोब्बर भन्दा बढी हो ।

बढी नुन सेवन ले मृत्यु
डब्लूएचओ को रिपोर्ट अनुसार मानिसको खानामा नुन कम गर्न मा सन २०३० सम्म को समय लाग्न सक्छ । यसको कारणले विश्वमा ७० लाख ब्यक्तिको ज्यान जोगिन सक्छ । उसो मात्र ९ मुलुक ब्राजिल, चिली, चेक गणराज्य, लिथुआनिया, मलेसिया, मेक्सिको, साउदी अरब, स्पेन र उरुग्वे ले हाल सम्म यो प्रकारको निती लाई अपनाएको छ ।

हामी सबै लाई नुन कम सेवन गर्नलाई केही खास प्रकारको नियम बनाउनु अत्यन्त आवश्यक छ । डब्लुएचओको महानिर्देशक डा. टेड्र्रोस को अनुसार अस्वस्थकर आहार (अन हेल्दी डाइट) विश्व स्तरमा मृत्यु र रोगको एउटा प्रमुख कारण हो । सँगै खानामा बढी सोडियम (नुन) सेवन गर्ने कारणले मृत्युको तथ्याङ्क बढ्दै छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!